हुम्ला जिल्लाको सिमकोट गाउँपालिकामा २५ गतेदेखि दादुरा रुबेला बिरुद्धको खोप लगाइने भएको छ । पालिकामा फागुन २५ गतेदेखि चैत ५ गते सम्म ९ महिनादेखी पाँच वर्ष मुनीका बालबालिकाहरुलाई दादुरा रुबेला बिरुद्धको खोप अभियान संचालन हुने भएको हो ।
गाउँपालिकाको स्वास्थय शाखाले मंगलबार सरोकारवाला निकायसंगको अन्तत्रिया कार्यक्रममा सो समय अबधि भित्र उक्त खोप संचालन गर्न लागेको स्वास्थ्य शाखा संयोजक नर भण्डारीले बताउनु भएको छ । राष्ट्रिय खोप कार्यक्रमको फागुन १३ देखि चैत्र ७ सम्म संञ्चालन गर्ने निति अनुरुप जिल्ला स्वास्थ्य सेवा कार्यालयले २५ गते देखि सुरु गर्न शनिबार सबै पालिकालाई पत्राचार गरेसँगै पालिका भित्रका खोप केन्द्रहरुमा फागुन २५ गतेदेखी चैत्र ५ गते सम्म दादुरा-रुबेला रोग विरुद्धको खोप सञ्चालन हुने भएको हो ।
पालिका भित्रका २० वटा खोप केन्द्र मार्फत १ हजार ९० बालबालिकालाई दादुरा रुबेलाको खोप लगाउने तयारी पुरा भएको बताउनु भएको छ । मंगलबार स्वास्थ्य शखाले आयोजना गरेको दादुरा-रुबेला खोप अभियान २०८०/०८१ सम्बन्धी अन्तक्रिया कार्यक्रम मार्फत जानकारी दिइएको थियो । सोही अभियान सम्बन्धी पालिका खोप समन्वय समिति, सरोकारवाला र सञ्चारकर्मीसंग अन्तरक्रिया तथा छलफल गरेको छ । अभियानमा ९ महिनादेखि ५ बर्षमुनिका बालबालिकालाई दादुरा-रुबेला रोग बिरुद्धको खोप लगाइने स्वास्थ्य सेवा कार्यालय हुम्लाले जनाएको छ । खोप अभियानका लागि तयारी भइरहेकाले त्यसका लागि सुझाव सल्लाहकालागि अन्तक्रिया तथा छलफल कार्यक्रम गरेको जनाएको छ ।
पालिकामा भएका २० वटा खोप केन्द्रबाट बालिबालिका सोही रोग बिरुद्धको खोप लगाउन पाउने भएका छन । बिचमा सार्वजनिक बिदा परेको भएपनि खोप भने निरन्तर रहने बताइएको छ । सोही खोप लगाउन योग्य बालबालिका वडा नम्बर १ मा ६२, २ मा १ सय ३२, ३ मा ५७, ४ मा ४६, ५ मा १ सय ४९, ६ मा २ सय ४६, ७ मा २ सय ४ र ८ मा २ सय ३ गरी जम्मा १ हजार ९० जना रहेको स्वास्थ्य शाखाले जनाएको छ । खोप कार्यक्रमका लागि सोमबार स्वास्थ्यकर्मीहरुलाई खोप सम्बन्धी तालिम समेत दिएको छ भने खोप केन्द्रहरुमा २० जना स्वास्थ्यकर्मी, ४० जना स्वयम सेबक गरी ६० जना परिचालन गरीने भएको छ ।