नेभिगेशन
अर्थ
स्वास्थ्य

स्वास्थ्य सेवा कार्यालय हुम्लाको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न

हुम्ला । स्वास्थ्य सेवा कार्यालय हुम्लाले मानसरोवर होटेलमा सञ्चालन भएको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । स्वास्थ्य सेवा कार्यालय हुम्ला, जिल्लाका सात स्थानीय तहका मातहतमा रहेका स्वास्थ्य संस्था र स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न गैरसरकारी संघ संस्थाले गरेको प्रगतिमाथि छलफल गर्नका लागि  सञ्चालन भएको उक्त कार्यक्रम सम्पन्न भएको छ । 
जिल्लाको सिमकोट, नाम्खा, खार्पुनाथ, सर्केगाड, चंखेली, अदानचुली र ताँजकोट गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख तथा जनस्वास्थ्य निरिक्षकहरुले साउन यतादेखि आफुले गरेका कामको विवरण प्रस्तुत गर्नुभएको थियो । ६ महिनाको अवधिमा उनिहरुले औषधि उपचार, स्वास्थ्यकर्मी, भौतिक संरचना लगायतका विषयमा प्रस्तुत गरेका थिए । भने स्वास्थ्य सम्बन्धि काम गर्ने किर्डाक नेपाल, हेड नेपाल, एसआइडिसी आधार विकास लगायतका गैरसरकारी संघ संस्थाले समेत आफ्नो प्रगति वितरण प्रस्तुत गर्नुभएको थियो । 
आज भएको कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रेम सिंहले स्वास्थ्यका विषय संविधानमा लेखिए अनुसार स्थानीय तह, प्रदेश लगायतले कार्यान्वय नभएको बताउनुभयो । आगामी दिनमा स्वास्थ्यका क्षेत्रमा सहजीकरण गरिदिनु अनुरोध  गर्न प्रमुख सिंहले बाताए ।
संघिय सरकारको प्रतिनिधि भएको नाताले नितिगत रुपमा हुनु पर्ने निर्णयका त्रुटीहरु र हुनु पर्ने नितिगत व्यवस्थाहरुको आफ्नो सक्ने जती सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले बताएका हुन् ।
काम गर्दा गर्दै सम्मान पाउनु राम्रो कुरा हो तर अधिकांश विषयमा राम्रो काम गर्दा मूल्याकन हुन नसक्दा समस्या भएको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितीका निमित्त प्रमुख सरिता रावत, सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध) प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल, स्वास्थ्य सेवा कार्यालयका अध्यक्ष प्रमुख प्रेम सिंह, प्रहरी नायव उपरिक्षक रविन्द्र खलान, सातवटा स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्य सम्बन्धि काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधि, लगायत सञ्चारकर्मीहरुको सहभागीता रहेको थिया ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
हुम्लामा जापानको सहयोगमा बालगृह निर्माण

हुम्लामा जापानको सहयोगमा बालगृह निर्माण

जापानी राजदूतावासका कार्यवाहक राजदूत तामुरा ताकाहिरोले ग्रामीण सशक्तीकरण तथा विकास प्रयास (रेडि हुम्ला)का प्रमुखलाई उक्त भवनको साँचो हस्तान्तरण गर्नुभयो । उक्त भवनको ३० जना बालबालिकालाई आश्रय दिने क्षमता...