नेभिगेशन
नाम्खा
समाचार

हिउँमा फसेका तीन जना कर्मचारीको उद्धार

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ नारा लेकको हिउँमा फसेका तीन कर्मचारीको उद्धार गरिएको छ ।
 हिउँमा फसेका नाम्खा गाउँपालिकाका ओभरसियर छेपाक लामासहित तीन जनालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हिल्साको टोलीले उद्धार गरेको हो । 
तीनै जना मित्रराष्ट्र चीनबाट प्राप्त अनुदानका सामग्री बुझी फर्कने क्रममा हिउँमा फसेका थिए ।
सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार तीनैजना आज (बिहीबार) बिहान हिउँमा फसेको खबर प्राप्त भएपछि उद्धार गर्न टोली त्यसतर्फ गएको थियो । सो टोलीले बिहीबार दिउँसो उनीहरूको सकुशल उद्धार गरेको हो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नाम्खा
बसाइ सराईले रित्तियो हिमालपारीको जाङ गाउँ 

बसाइ सराईले रित्तियो हिमालपारीको जाङ गाउँ 

एक वर्ष अघि चार घरधुरीको बसोबास रहँदै आएको जाङ गाउँ यो वर्ष खाली भएर शून्य रहेको छ । जाङ गाउँका स्थानीयले सुविधाको खोजीमा काठमाण्डौ, सुर्खेत, नेपालगञ्ज लगायतका शहरमा...