नेभिगेशन
सिमकोट
स्वास्थ्य

सिमकोट स्वास्थ्य शाखाद्धारा सञ्चारकर्मी र सरोकारवाला निकायसँग अभिमुखिकरण कार्यक्रम सम्पन्न

    हुम्ला  ।  हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाले सञ्चारकर्मी र सरोकारवाला निकायसँग एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित गर्नका लागि सञ्चारकर्मीहरुसँग उक्त कार्यक्रम गरिएको हो । 
राष्ट्रिय खोप कार्यक्रम अन्तरगर्त पूर्ण खोप दिगोपना, सुनिश्चितता सम्बन्धी अभिमुखीकरण सिमकोट गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरेर उक्त कार्यक्रम सम्पन्न भएको हो । अभिमुखीकरण कार्यक्रममा गाउँपालिका स्वास्थ्य संयोजक नर बहादुर भण्डारीले खोपका बारेमा प्रस्तुतीकरण दिनुभएको थियो । उहाँले खोपको महत्व, खोपको कभरेजको अवस्था, राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत बहुबषिर्य खोप योजना सम्बन्धी र स्थानीय तहमा खोप सेवाको लागि कार्यदिशाका बारेमा जानकारी गराउनु भएको थियो । यस्तै आधारभूत सेवा प्रवाहको विद्धमान संरचना, निशुल्क संचालनमा रहेका खोप । वचावट हुने रोगहरु, राष्ट्रिय खोप कार्यक्रम परिचय, पूर्ण खोप सुनिश्चितता कार्यक्रम, पूर्ण खोप वडा र पालिका घोषणाका आधारहरुको बारेमा संयोजक भण्डारीले आजको कार्यक्रममा सहभागी सञ्चारकर्मीलाई जानकारी गराउनुभएको थियो । 
गाउँपालिका कार्यवाहक अध्यक्ष शुसिला रोकायाको अध्यक्षतामा र जिल्ला समन्वय समितीका कार्यवाहक प्रमुख सरिता रावतको प्रमुख आथित्यमा यो कार्यक्रम सम्पन्न भएको हो । यस्तै उक्त कार्यक्रममा सिमकोट गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकाया, सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदी, स्वास्थ्य सेवा कार्यालयका नन्द बहादुर शाही, गाउँपालिका लेखा अधिकृत विशाल बोहरा, विभिन्न मिडियामा आवद्ध सञ्चारकर्मी लगायत गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीको सहभागीता रहेको संयोजक भण्डारीले बताउनुभयो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्