सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका दुई वस्ति र सिमकोट गाउँपालिकाको एक वस्ति गरी तीनवटा वस्ति आइतबारदेखि अन्धकारमा छन् । नाम्खा गाउँपालिका वडा नम्बर ३ को लामाखोल्सी, खगालगाउँ र सिमकोट गाउँपालिका वडा नम्बर आठ खोल्सी गाउँ गरी तीन वस्तिमा विद्युत सेवा अवरुद्ध हुँदा अन्धकारमा बस्दै आएका छन् । लामाखोल्सी र खगालगाउँ विचको खोलामा रहेको पावर हाउसमा बत्ती मेसिनको फिता चुडिदा विद्युत सेवा अवरुद्ध भएको हो । फिता चुडिएर विद्युत सेवा अवरुद्ध भएसँगै तीन वस्तिका झण्डै दुई सय ८० घरधुरीका सेवाग्राही अन्धकारमा बस्न बाध्य भएको नाम्खा गाउँपालिका वडा नम्बर तीन खगालगाउँ गाउँका स्थानीय रिक्जिन लामाले बताउनुभयो । आइतबार साँझ अचानक पावरमा रहेको फिता चुडिदा यहाँका तीनवटा बस्तीका सेवाग्राही अन्धकारमा बस्नु परेको लामाले बताउनुभयो ।
खगालगाउँमा ९०, लामाखोल्सीमा ३० र सिमकोट गाउँपालिका वडा नम्बर आठको खोल्सी गाउँमा एक सय ६० घरधुरी रहेका छन् । भने उनिहरु सबै अन्धकारमा बस्दै आएको नाम्खा गाउँपालिका उपाध्यक्ष तक्दिर लामाले बताउनुभयो । चुडिएको फेता मर्मतका लागि पहल भइरहेको उपाध्यक्ष लामाले बताउनुभयो । यी तीन बस्तिका दुई सय असी घरधुरी अन्धकारमा बस्दै आएको उहाँले बताउनुभयो । यहाँका तीन वस्तिका लागि २८ किलोवाट क्षमता भएको छोइपुग लघु जलविद्युत आयोजना उत्पादन हुँदै आएको उपाध्यक्ष लामाको भनाई छ । विद्युत सेवा अवरुद्ध हुँदा विद्युतीय माध्यमबाट सञ्चालन हुँदै आएका सम्पुर्ण कार्य प्रभावित भएको छ । विद्युत नहुँदा यहाँका स्थानीयले उहि पुरानै सल्लाहको दियालो(झरो)को प्रयोग गर्नु पर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ । उक्त क्षेत्रमा हिल्दुम जलविद्युतको बत्ती लाइन विस्तार हुन सकेको छैन् ।
कृषि पेशा भन्दा अन्य पेशाबाट बढी आम्दानी हुने भएपछि नयाँ पुस्ताले परम्परागत पेशा बदलेर नयाँ पेशामा संलग्न हुन लागेपछि खेतीयोग्य जमिना बाँझो हुने क्रम वार्षेनी बढ्दै गएको लिमीको...बुधबार, साउन २३, २०८१