नेभिगेशन
खार्पुनाथ
स्थानीय तहलाई अधिकार दिएन

संघ र प्रदेशले स्थानीय तहलाई पूर्ण अधिकार दिएन खार्पुनाथ अध्यक्ष रावल

सिमकोट । संघिय सरकारले स्थानीय तहलाई पूर्ण अधिकार नदिएको भन्दै हुम्लाको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावलले गुनासो गर्नुभएको छ । प्रदेश र संघ सरकारले स्थानीय तहलाई देखाउने दाँत मात्रै बनाएको गाउँपालिका अध्यक्ष रावलको भनाई छ । पूर्ण अधिकार नदिएर हरेक क्षेत्रमा स्थानीय तहलाई स्वतन्त्र काम गर्ने अधिकार नदिँदा खारेज हुनु पर्ने अध्यक्ष रावलले बताउनुभयो । पर्याप्त स्रोतसाधनको अभावमा गाउँपालिकाले विकास निर्माणका कार्यलाई अपेक्षित गतिमा अगाडि बढाउन नसकेको उहाँले बताउनुभयो । स्थानीय तहलाई पूर्ण अधिकार नदिएर देखाउने दाँत बनाउनुभन्दा संघियता नै खारेज हुनु पर्ने अध्यक्ष रावलको तर्क थियो । 

अध्यक्ष रावलले भन्नुभयो, “केन्द्र सरकारले दिएको अनुदानको बजेट समेत कटौति गरेर पठाएको छ । स्थानीय सरकार भनेपछि सबैको ध्यान सानोतिनो कुरामा पनि हुन्छ ।” स्थानीय सरकारले हामीलाई सहयोग गर्नुपर्छ भन्ने जनभाव हुन्छ । आफ्नो साधनस्रोतले भ्याएसम्म हामीले काम गरी नै रहेका हुन्छौं ।” संघले र प्रदेशले आफू अनुकूल बजेट विनियोजन गर्ने तथा हामीसँग साधनस्रोत अपर्याप्त हुने हुँदा पनि जनपेक्षा अनुसार हामीले काम गर्न सकिरहेका छैनौं । आफूसँग पर्याप्त स्रोतसाधन नहुने हुँदा संघ र प्रदेशले जति बजेट दिन्छ, त्यसमा रहेर हामीले योजना बनाउनु पर्ने हुन्छ । विकट क्षेत्र भएकाले सामाजिक र आर्थिक रूपमा निकै पछाडि भएको उहाँले बताउनुभयो । ”

424582743_3752218605098886_7299393144709896852_n1715738177.jpg

सिंहदरवार आयो भन्ने नारा मात्र हो, यो नारामा सिमितछ  । आफुले समेत अनुभुति गर्न सकिरहेको छैन भने नागरीकले कसरी गर्न सक्छन् । सबै अधिकार केन्द्र सरकारले राखेको छ । सानातिना अधिकारदेखि बजेट विनियोजित देखि सबै अधिकार केन्द्र सरकारले देखाउने दाँत बनाएको भन्दै अध्यक्ष रावलले बताउनुभयो । 
सुगम र दुर्गमका लागि बजेट विनियोजनमा फरक नछुटाएर विनियोजित हुँदा विकास निर्माण देखि रोजगारी लगायतका काममा समस्या बनाएको अध्यक्ष रावलको भनाई छ । सघं र प्रदेशबाट अपेक्षित ढङ्गले योजना पाउन नसकेको उहाँको गुनासो छ । संघ र प्रदेशबाट प्राप्त हुने बजेट निकै कम छ । संघ र प्रदेश सरकारसँग समन्वय गरिरहेको भएपनि अपेक्षित सहयोग पाउन नसकेको उहाँको भनाई छ । केन्द्र सरकारले खर्चका लागि पनि निश्चित बजेट तोकेर पठाउने गरेको छ । केन्द्र सरकारले तोकेर पठाएको बजेट अनुसार काम गर्दा समस्या भएको अध्यक्ष रावलले बताउनुभ्यो । 

यस्तै अध्यक्ष रावलका अनुसार खार्पुनाथ गाउँपालिका कृषि क्षेत्रका लागि सम्भावना बोकेको क्षेत्र हो । त्यस क्षेत्रमा लगानी गर्दै आएको बताउनुभयो । स्थानीय उत्पादनका श्रोतसाधनलाई समेत प्राथमिकतामा राखेर गाउँपालिका आगामी दिनमा अगाडी बढ्ने अध्यक्ष रावलको भनाई छ । स्वास्थ्य क्षेत्रमा पहिलाको भन्दा अहिले निकै सुधार भएको छ । पहिला सामान्य सिटामोल पाउनका लागि सिमकोट धाउनु पर्ने बाध्यता थियो भने अहिले गाउँमै पाउँदै आएको छ । एमबिबिएस डाक्टरबाट हुने समस्याका विरामी मात्रै सदरमुकाम पुग्ने र अन्य सबै सेवा पालिका केन्द्रमा रहेको सामुदायिक अस्पतालबाट सेवा दिदैँ आएको अध्यक्ष रावलले बताउनुभयो ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्