नेभिगेशन
सर्केघार्ड

वडा अध्यक्षको पहलमा घाइते वालिकाको काठमाडौंमा उपचार हुने

भदौं २८। घरको छतबाट लडेर आँखमा गम्भीर चोट लागेको सर्केगाड गाउँपालिका १ जैरका वालिका कमला भियाललाई वडा कार्यालय र सामाजिक संघसंस्थाको पहलमा थप उपचारका लागि काठमाडौं लगिने भएको छ ।


केही दिन अघि आप्mनै घरको छतमा खेलिरहेको बेला लडेकी भियाल लडेपछि दाहिने आँखामा गम्भीर चोट लागेको उनका वुवा चाउरे भियालले जानकारीददिए । घाइते भियाललाई जिल्लामै उपचार हुन नसक्ने भएपछि जिल्ला अस्पताल हुम्लाले काठमाडौं रिफर गरेको सर्केगाड गाउँपालिका १ का वडा अध्यक्ष गोकुल बुढाले बताए ।


उनका अनुशार जिल्ला अस्पताल हुम्लाले जिल्लामा उपचार संभव नभएको बताएपछि उनको थप उपचारकालागि निकै समस्या भएको थियो । थप उपचारका लागि काठमाडौं लिन हवाई जहाज भाडा र उपचार खर्चका लागि घरको आर्थिक अवस्था निकै कमजोर भएको भन्दै मैले केही जिल्लाका सामाजिक संस्थालाई अनुरोध गरे अध्यक्ष बुढाले भने “मेरो अनुरोधलाई मानेर नेपालअष्ट्रिया साझेधारी संस्थाका अध्यक्ष छेपालजोर्जे लामाले सिमकोटदेखि काठमाडौं सम्मको हवाई भाडा वापत ११ हजार रकम सहयोग स्वरुप उपलब्ध गराई दिनुभयो ।” त्यसले वालिका उपचार गर्न केही आश जागेको बताएका वडा अध्यक्ष बुढाका अनुशार आधार विकास नेपालका तर्फबाट जिल्ला संयोजक कुञ्जोक लामाले उपचारका लागि सहयोग गर्ने बचन दिनु भएको छ । “हेरौ उपचारमा लाग्ने केह खर्च उक्त संस्थाले गर्छ होला” अध्यक्ष बुढाले थपे ।


काठमाडौंमा उपचार गर्ने केही आर्थिक सहयोग जुटेपछि बुधबार नै घाइते वालिका भियाललाई काठमाडौं लगिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सर्केघार्ड
सर्केगाड उपनिर्वाचनमा ६६ प्रतिशत मतदान 

सर्केगाड उपनिर्वाचनमा ६६ प्रतिशत मतदान 

आइतबार बिहान ७ बजेबाट सुरु भएको १२ वटा मतदान स्थल र १ मतदान केन्द्रमा गरी जम्म ६६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत शम्भु प्रशाद बरालले बताए ।...
खच्चा सडक खुलाउँदै प्रहरी

खच्चा सडक खुलाउँदै प्रहरी