नेभिगेशन
सिमकोट
सुनुवाइ नगरेको गुनासो

वडा सदस्यको गुनासो गाउँपालिकाले सुनुवाइ गर्दैन 

सिमकोट । २०७९ साल बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचीत वडा सदस्य जनप्रतिनिधिले वडाध्यक्ष र गाउँपालिका अध्यक्षले आफुहरुको सुनुवाइ नगरेको गुनासो गरेका छन् । जिल्लाको सिमकोट गाउँपालिकाका महिला र दलित जनप्रतिनिधिले राखेको प्रस्ताव गाउँपालिकाले सुनुवाइ नगरेको गुनासो उनिहरुको छ । जनताका मतले सबै निर्वाचीत भएपनि माथिल्लो पदका जनप्रतिनिधिले तल्लो पदका सदस्यको सुनुवाइ नगरेर हेपुवा प्रविधि गरेको उनिहरुको भनाई छ । महिलालाई अगाडी सर्नु पर्छ भनेपनि महिलाको अधिकार प्राप्त भएको छैन् ।

महिलाको नाम मात्रै हुन्छ महिलाले सिमकोट गाउँपालिकाबाट सोचे अनुसार विभिन्न तालिम लगायतका सेवा नपाएको वडा नम्बर ६ का वडा सदस्य गुयाला रावतको भनाई छ । महिलालाई अग्रसर हुनु पर्छ भन्ने गरिन्छ तर आर्थिक हिसाबमा कम्जोर हुनु साथै चुलोचौकोमा लाग्नु परेपछि यहाँका महिलाले खासै केही नपाएको वडा सदस्य रावतको भनाई छ । महिला अगाडी बढ्नु पर्छ भनेर हुँदैन् अधिकार दिनुपर्ने रावतको भनाई छ । महिला आर्थिक अधिकारमा समेत सम्पन्न हुन नसकेको रावतले गुनासो पोख्नुभयो ।  

दलित समुदायका नागरीक थोरैले पठन पाठन गरेर गाउँपालिकादेखि विभिन्न सरकारी तथा गैर सरकारी कोटामा पहिलो नम्बरमा नाम निकालेर आउँदा पनि हेपुवा प्रविति हुने गरेको वडा नम्बर दुईका वडा सदस्य कालि बहादुर सुनारको गुनासो छ । उच्च शिक्षामा दलित समुदायका नागरीकको पहुँच कम छ तर भएको जनशक्तिको पनि राज्यका विभिन्न निकायले सहयोग गर्न नसकेको वडा सदस्य सुनारको दुखेसो छ । सिमकोट गाउँपालिकामा खुलेका विभिन्न पदमा परिक्षा दिएर पहिलो नम्बरमा नाम निकालेपनि मौखिममा पावर नहुँदा पेल्ने गरेको वडा सदस्य सुनारले गुनासो पोख्नुभयो । 

सिमकोट गाउँपालिकाको वडा नम्बर एकदेखि आठसम्म रहेको वडामा दलित समुदायको जनसंख्या बढी छ । तर गाउँपालिकाले दलितसँगका सिमा समस्या अहिले सम्म समाधान गर्न नसकेको वडा सदस्य सुनारले बताउनुभयो । गाउँपालिकाका उच्च पदमा रहेका जनप्रतिनिधिले दलित प्रति खासै चासो नदिएको भन्दै गुनासो पोख्नुभयो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्