नेभिगेशन
अर्थ
औद्योगीक प्रदर्शन मेला

सिमकोटमा दुई दिन औद्योगिक प्रदर्शनी मेला हुने

सिमकोट । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्लाले सदरमुकाम सिमकोटमा दुई दिन औद्योगीक प्रदर्शन मेला सञ्चालन गर्ने भएको छ । असार एघार र बाह्र गते दुई दिन स्थानीय उत्पादनको बजारीकरण तथा प्रसारप्रचार गर्ने उद्देश्यले औद्योगिक मेलाको आयोजना गर्न लागिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख प्रदिप रेग्मीले बताउनुभयो । जिल्लाको स्थानीय रैथान उत्पादनलाई प्रथामिकता दिनका लागि यो मेलाको आयोजना गरिएको हो । 

दुई दिन सञ्चालन हुने औद्योगिक मेलाको अवलोक गर्न जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालय, राजनितिक दल, बुद्धिजिबी, लगायतका आमनागरीकलाई कार्यालय प्रमुख रेग्मीले आग्रह समेत गर्नुभएको छ । उक्त कार्यालयमा दर्ता भएका उद्योगिहरुले उत्पादन गरेका स्थानीय विभिन्न परिकार मेलामा प्रदर्शन गरिने भएको छ । फापरबाट बनेका विस्कुट, कोदोबाट बनेका विभिन्न परिकार समेत मेलामा राखिने भएको उहाँले बताउँनुभयो । 

स्थानीयले उत्पादन गरेका राडिपाखी, होजियारी, लत्ता कपडा लगायतका सामग्री प्रदर्शनीमा राखिने भएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख रेग्मीले बताउनुभयो । प्रदर्शनी मेलामा राखिएका उक्त सामग्री अवलोकन गर्न जाने आमनागरीले खरिद गर्न समेत सक्ने उहाँले जानकारी दिनुभयो । जिल्लामा लुकेका विभिन्न स्थानीय रैथाने सिप र उत्पादन साग्रमीलाई प्रचारप्रसार गर्ने कार्यालयको परिकल्पना अनुसार प्रदर्शनी मेलाको व्यवस्था गरिएको हो । 

कार्यालयमा दर्ता भएका जिल्लाभरका उद्योगीहरुले प्रदर्शनीमा राख्न सक्ने भएका छन् । यस्तै उक्त प्रदर्शनी मेलामा प्रथमलाई रु तीस हजार, द्धिर्तीयलाई रु बिस हजार, तृतीयलाई रु दश हजारको व्यवस्था गरिएको उहाँले बताउनुभयो । स्थानीय उत्पादनमा प्रचारप्रसार नहुँदा सुस्ताएको बजारीकरणमा यो समयमा गर्न लागिएको मेलाले यहाँको अर्थतन्त्र चलायमान बनाउने अपेक्षा गरिएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
बजेट खर्चः ६ महिनामा हुम्लामा १ अर्ब ३३ करोड ८३ लाख

बजेट खर्चः ६ महिनामा हुम्लामा १ अर्ब ३३ करोड ८३ लाख

आव २०८१/०८२ को ६ महिनामा हुम्ला जिल्लाका २१ संघीय र ७ गाउँपालिकामा चालु तथा पूँजीगत दुबै शिर्षकको बजेट १ अर्ब ३३ करोड ८३ लाख ८६ हजार ७७८ रुपैँया...