नेभिगेशन
सिमकोट
तारले बजार क्षेत्र कुरुप

सिमकोट बजारको मुख्य सडकमा अव्यवस्थित तारले हराउँदै सौन्दर्य 

सिमकोट । हुम्लाको मुटु मानिएको सदरमुकाम सिमकोटमा अव्यवस्थित तारले बजार क्षेत्र कुरुप बन्दैगएको छ । अव्यवस्थित तारका कारण बजारको सौन्दर्य हराउँनुका साथै जोखिमपूर्ण बनेको छ । इन्टरनेट सेवा विस्तारका नाममा बिभिन्न सेवा प्रदायक कम्पनीले अव्यवस्थित रुपमा विद्युत पोलमा जथाभावी तार टाङ्गने काम गरेसँगै सिमकोटको मुख्य चोक तथा बजार कुरुप बन्दैगएको छ । 

सिमकोट बजार क्षेत्रका विभिन्न चोक तथा सडक छेउमा गाडिएका विद्युत पोलहरुमा अव्यवस्थित रुपमा तार टाँगिएका छन् । विद्युत् वितरणका लागि गाडिएका पोलमा थाम्नै नसकिने तारका गुजुल्टाले सिमकोट बजार पछिल्ला केही वर्ष यता सौन्दर्य हराउँदै गएको छ । अस्तव्यस्त तारका कारण दुर्घटना हुन सक्ने जोखिम बढेको छ ।  

विद्युत प्राधिकरणले नियमित रूपमा अनुगमन नगर्दा र यस विषयमा चासो नराख्दा अव्यवस्थित तारका गुजुल्टाले शहरको स्वरूप बिग्रँदैगएको स्थानीयको गुनासो छ । जथाभावी तारले दुर्घटना निम्त्याउने मात्र नभइ बजार नै फोहोर देखिएको छ । उसो त नेपाल विद्युत प्राधिकरणले सिमकोट बजार क्षेत्रका मुख्य सडकमा नै विद्युतका पोल गाडेका कारण सवारीसाधन आवतजावतमा झन ठुलो समस्या निम्त्याएको छ । विद्युतका पोल सडकमा छरपष्ट गाडेका कारण तार पनि छरपष्ट तरिकाले जडान गरिएका छन् । सडकमा छरपष्ट, सडक मापदण्ड विपरीत गाडिएका पोल र मनपरी टाँगिएका तारहरु सम्बन्धित निकायले समयमै हटाउन जनगुनासो आउन थालेको छ । 

सिमकोट बजार क्षेत्रका सडकमा गाडिएका पोल र तारहरु हटाउने सिमकोट गाउँपालिकाले जनाएको छ । गाउँपालिका मुख्य पालिका केन्द्र र सदरमुकाम समेत भएकाले अव्यवस्थित टाँगिएका सबै हटाइने भएको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले बताउनुभयो । सडक क्षेत्रका विद्युत पोल र तारहरु हटाउन गाउँपालिकाले पहल गरिरहेको छ । 

441975366_7697220327024769_2788826733114005548_n1718675017.jpg


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्