सिमकोट । आइतबार मात्र निति तथा कार्यक्रम ल्याएको ताँजाकोट गाउँपालिकाले ३८ करोड ७२ लाख २४ हजारको बजेट ल्याएको छ ।
गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र बहादुर थापाले सार्वजनिक गरेको बजेटमा चालु तर्फ १६ करोड ६५ लाख २० हजार १ सय र पुजिँगत तर्फ २२ करोड ७ लाख ३ हजार ९ सय गरी जम्मा ३८ करोड ७२ लाख २४ हजारको बजेट प्रस्तुत गर्नुभएको ।
संघीय वित्तियसमान्निकरण अनुदान ६ करोड १९ लाख, संघीय शर्सत अनुदान १४ करोड ९१ लाख ९१ हार, संघीय विषेश अनुदान १ करोड ५० लाख र संघीय राजस्व बाँडफाडमा ५ करोड ६१ लाख गरी जम्मा २७ करोड ५१ लाख ९१ हजारको बजेट प्रस्तुत गर्नुभयो ।
यसैगरी प्रदेश समान्निकरण अनुदान ६२ लाख ३० हजार, प्रदेश शर्सत अनुदान ६ करोड ५६ लाख ७८ हजार, प्रदेश समपुरक अनुदान १ करोड ७८ लाख,प्रदेश विशेष अनुदान ५० लाख र प्रदेश राजस्व बाँडफाड ५ लाख २५ हजार गरी ९ करोड ५० लाख ३३ हजार तथा आन्तरीक राजस्व २० लाखको अनुमान सहित बजेट प्रस्तुत गरिएको छ ।
बजेट प्रस्तुत भएपनि बजेटको बाडफाड भने विषयगत शाखा अनुसार गरिएको छ । सामाजिक विकासको शिक्षातर्फ संघिय ससर्त अनुदान ८ करोड १२ लाख ३० हजार, गाउँपालिकाको अनुदान २ करोड रकम बिनियाजन गरीएको छ भने स्वास्थ्य था पोषणको लागि संघीय शर्सत अनुदान १ करोड ७० लाख ९९ हजार, गाउँपालिकाको अनुदानबाट १ करोड ५० लाख रकम विनियिोजन गरिएको छ । महिला बालबालिका तथा समाजकल्याणतर्फ घाइते अपांगता र द्वन्द्व पिडितहरुको लागि आयआर्जन सुधार तर्फ ३५ लाख तथा खानेपानी क्षेत्र तर्फ ८५ लाख, युवा खेलकुद तथ संस्कृति क्षेत्रमा २० लाख रकम विनियोजन गर्नुभएको छ ।
उपाध्यक्ष थापाले प्रस्तुत बजेट वक्तव्यमा आर्थिक विकास क्षेत्रको कृषि तथा पशुपालन तर्फ संघीय सरकार ससर्त अनुदानबाट ३७ लाख ७६ हजार र गाउँपालिकाको अनुदानबाट ८१ लाख १९ हजार रकम विनियोजन गर्नु भएको छ । स्थानीय उद्योगका क्षेत्रमा संघिय ससर्त अनुदानबाट १३ र गाउँपालिकाको अनुदानबाट २० लाख रकम बिनियोजन गरिएको छ ।
भौतिक पुर्वाधार क्षेत्र तर्फ संघिय सरकार ससर्त अनुदानबाट करिब ३ करोड रकम बिनियोजन गरीएको छ भने प्रदे सरकारको ससर्त अनुदानबाट करिब ९ करोड रकम विनियोजन गरीएको छ । गाउँपालिकाको अनुदानबाट २ करोड रकम विनियोजन गरिएको छ ।
वन तथा वातावरण क्षेत्रमा ३० लाख,सुशासन,सार्वजनिक सेवा तथा क्षामता विकास क्षेत्रमा २० लाख, न्याय, कानुन तथा मानव अधिकार क्षेत्रमा १५ लाख, सुचना तथा सञ्चारको क्षेत्रमा २० लाख, शान्ति शुरक्षा व्यवस्थापनको क्षेत्रमा २ लाख,मर्मत संभार तथा विविध क्षेत्रमा ८० लाख रकम विनियोजन गरिएको छ ।
यस्तै गाउँपालिकाको पुराना विभिन्न दायित्वका क्षेत्रमा २ करोड,जनप्रतिनिधिह?को सेवा सुविधा स्थायी कर्मचारीको तलब भत्ता तथा अन्य भत्तामा २ करोड ४५ लाख, इन्धन खर्चमा ३० लाख, कार्यालय मसलन्द तथा व्यवस्थापन खर्चमा ७० लाख, अनुगमन मुल्यांकन भ्रमण खर्च र अतिथि सत्कारमा ३० लाख रकम विनियिोजन गरिएको छ ।
यता प्रधानमन्त्री रोजगार कार्यक्रमका क्षेत्रमा उपाध्यक्षसँग युवा रोजगार कार्यक्रम नाम राखेर ८१ लाख र श्रमको सम्मान राष्ट्रको अभियान रोजगार संवाद मञ्च तर्फ १३ लाख रकम विनियोजन गरिएको छ ।
आज प्रस्तुत बजेटको यही अषाढ २६ गते देखी छलफल गरी पारीत गरीने गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताउनु भयो ।