नेभिगेशन
अर्थ

स्थानीय तहको क्षमता अभिवृद्धीमा डिएफआइडिले काम गर्ने

भदौ ३०, सिमकोट । नेपालको ठूलो बैदेशिक सहायता साझेदार वेलायती सहयोग नियोग डिएफआइडीले नेपालका स्थानीय तहको क्षमता विकास भौतिक पूर्वाधारमा काम गर्ने चासो देखाएको छ ।


नेपाल अब नयाँ संरचनामा गएकाले हामी स्थानीय सरकारको रुपमा रहेका स्थानीय तहको क्षमता अभिवृद्धी गनृमा क्रियाशिल हुन्छौ सुक्रबार हुम्ला सदरमुकाम सिमकोटमा पुगेका वेलायती सहयोग नियाग डिएफआइडीका नेपाल प्रमूख रुरीक मार्सडेनले भने “नेपालमा स्थानीय सरकार नयाँ संरचना हो । यसको कार्यान्वयनका बारेमा केही अलमल देखिएको छ । हामी यसबारे काम गर्न इन्छक छौं ।”


देश नयाँ संरचना अनुशार स्थानीय, प्रदेश र संघिय सरकारमा परिणत भएको छ । संघिय सरकारको भूमिका परिवर्तन भएको छ । प्रमूख रुरीकल थपे जस अनुशार हाम्रा कार्यक्रम समेत परिवर्ति शैलिमा जानु पर्छ भनेर हाम्रा कार्यक्रममा परिर्वतन ल्याउन डिजायन गर्दै छौं ।” स्थानीय सरकारको क्षमता विकास र पूर्वाधार निर्माणमा मूख्य लक्षित कार्यक्रमको डिजायन हुन केही महिना र वर्ष कुर्नु पर्ने बताएका उनले स्थानीय तहका पदाधिकारीको क्षमता विकास गर्न हरेक प्रदेशको केन्द्रमा प्रशिक्षण प्रतिष्ठानको स्थापना गर्ने खुलासा गरे ।


सिमकोट आएलगत्तै सिमकोटमा उपलब्ध स्थानीय तहका अध्यक्षसँग स्थानीय तहको सञ्चालन, बजेट विनियोजन र खर्चको अवस्थाको बारेमा निकै चासो राखेका रुरीकले नेपालको संविधान अनुशारका सात सय ६२ वटा स्थानीय तहका भौतिक पूर्वाधारको अवस्थाका बारेमा विश्व बैंक र राष्ट्रसंघिय विकास नियोगले गरिरहेको आवश्यक्ता पहिचान पश्चात मात्रै के गर्ने बारेमा आफूले निर्णय गर्ने बताए ।
नेपाल सरकारसँगको साझेदारीमा हुम्लामा सञ्चालन भएका कार्यक्रम ग्रामिण पहुँच तेस्रो, नेपाल जलवायू सहयोग कार्यक्रम, सामुदायिक विकास कार्यक्रम, दखि स्वास्थ्य क्षेत्रमा भएका उपलब्धीका बारेमा स्थलगत अध्ययन गर्न आएको डिएफआइडी सँग सिमकोट र खार्पुनाथ गाउँपालिकाका अध्यक्षले कर्णाली रोजगार कार्यक्रममा दातृ निकायले योगदान गर्ने भनिएको २० प्रतिशत रकम नआएको गुनाशो गरे ।


डिएफआइडीको आर्थिक सहयोगमा सञ्चालित ग्रामिण पहुँच तेस्रो चरणले निर्माण गरिरहेको हुम्ला र मुगु जोड्ने सडकमा रकम हालेपनि पछि फिर्ता गर्ने आश्वाशन सरकारबाट पाएको बताएका खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावतले भने “हामी (गाउँपालिकाले) विनियोजन गरेर जनताले काम समेत गरेको रकम अहिलेसम्म निकासा दिएको छैन् । यो रकम निकासाको लागि पहल गरि दिनु प¥यो ।” काम गरेको रकम भुक्तानी नदिएकाले हरेक दिन हामीलाई जनताबाट भनाई खाने काम भएको छ । सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले भने “हामीले यो रकम नपाएसम्म प्रदशे, केन्द्रिय सरकार र दातृ निकायको ढोका ढक्ढक्याउन छोड्ने छैनौ ।”


सरकारले चाहे नीति निमार्णमा समेत काम गर्न इच्छुक


नेपलको विकासे साझेदार वेलायती सहयोग नियोग –डिएफआइडी) ले नयाँ सविधानको कार्यान्वयन सँगै संघ, प्रदेश र स्थानीय हतका नीति निर्माणमा आफू काम गर्न तत्पर रहेको बताएको छ ।


सुक्रबार सिमकोट पुगेका निगोग प्रमूख रुरीक मार्सडेनले भन “आत्म निर्णयको आधिकार नेपाल आप्mनै भएको बताउँदै सबै तहका सरकारले चाहेमा हामी नीत निर्माण देखि क्षमता विकास निर्माणमा तयार छौं ।”


स्थानीय तहको लेखा प्रर्णालीलाई चुस्त र दुरुस्त बनाउन आप्mनो आर्थिक सहयोगमा तयार पारिएका लेखा सप्mटवयेर सुत्रका बारेमा निकै चासो राखेको वेलायती विकास नियोगले स्थानीय मतदाताकै रोजनाईमा काम गर्न आफू स्थानीय सरकारसँग जोडिएर काम गर्न निकै उत्साहित भएको बताएको छ ।
हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने अभियान अन्तरगत आफूले मुगु र हुम्ला जोड्ने ७६ किलोमिटर सडक निर्माणको काममा लागेको बताएको नियोगले ग्रामीण पहुँच चौथो चरणको परियोजना डिजाइनिङ्गको काम चलिरहेको खुलासा गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
हुम्लामा जापानको सहयोगमा बालगृह निर्माण

हुम्लामा जापानको सहयोगमा बालगृह निर्माण

जापानी राजदूतावासका कार्यवाहक राजदूत तामुरा ताकाहिरोले ग्रामीण सशक्तीकरण तथा विकास प्रयास (रेडि हुम्ला)का प्रमुखलाई उक्त भवनको साँचो हस्तान्तरण गर्नुभयो । उक्त भवनको ३० जना बालबालिकालाई आश्रय दिने क्षमता...