नेभिगेशन
सर्केघार्ड

सर्केगाड गाउँपालिकाले ल्यायो ४७ करोड बजेट

सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । 

गाउँपालिका सभाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो । आर्थिक वर्षका लागि ४७ करोड ६७ लाख २२ हजार रुपैयाँको अनुमानित आय व्यय पारित भएको हो । सर्केगाड गाउँपालिकाका अध्यक्ष ठान बहादुर रोकायले आर्थिक बर्ष २०८१/०८२ को निति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । सोमबार सर्केगाड गाउँपालिकाको १४ औं गाउँसभाको आयोजना गरिएको नीतिमा १३ वटा क्षेत्रलाई प्राथमिकता दिएर नीति प्रस्तुत गरिएको छ ।

गाउँपालिका अध्यक्ष रोकायले सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पहिलो प्राथमिकता गुणस्तरीय शिक्षा तथा रोजगारी, स्वास्थ्य तथा मानव सामथ्र्य विकास, यातायातको दिगो व्यवस्थापन, अर्गानिक कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि र बजारीकरण लाई जोड दिएको छ । त्यसै गरि पूर्वाधार निर्माण तथा दिगो विकास, जलवायु परिवर्तन न्यूनीकरण, उद्यम, स्वरोजगारी र सहकारीताको विकास, मानव संसोधन तथा संस्थागत सुशासन रहेका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सर्केघार्ड
सर्केगाड उपनिर्वाचनमा ६६ प्रतिशत मतदान 

सर्केगाड उपनिर्वाचनमा ६६ प्रतिशत मतदान 

आइतबार बिहान ७ बजेबाट सुरु भएको १२ वटा मतदान स्थल र १ मतदान केन्द्रमा गरी जम्म ६६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत शम्भु प्रशाद बरालले बताए ।...
खच्चा सडक खुलाउँदै प्रहरी

खच्चा सडक खुलाउँदै प्रहरी