नेभिगेशन
चंखेली

कर्णालीमा बगेका ६६ वर्षिय वृद्धाको प्रहरीले यसरी बचायो ज्यान 

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिकाको लोतिखोलामा एक जना वृद्ध बगेपछि नेपाल प्रहरीले उद्धार गरी ज्यान बचाएको छ । 

चंखेली गाउँपालिका वडा नम्वर चार लोतिखोलामा बगेका वडा नम्वर दुई दार्मा गाउँका ६६ वर्षीय धर्म बहादुर शाहीको नेपाल प्रहरीले उद्धार गरेको हो ।

मुख धुने क्रममा खोला छेउमा गएर एक्कासी चक्कर आएर बगेको देखेपछि प्रहरीको टोली खटिइ शाहीको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । खोलामा परेर करीव १० मिटर तलसम्म बगाएर लगेका वृद्ध शाहीलाई प्रहरीको सहयोगमा उद्धार गरि ज्यान बचाएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।

मेल्छाम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रमेश महतारा नेतृत्वको टोलीले वृद्ध शाहीको उद्धार गरेको जानकारी प्राप्त भएको छ । शाहीको उद्धार गरी वडा नम्बर चारमा रहेको पिप्लाङ बर्थिङ सेन्टरमा पुर्याइ उपचार गरिएको हो । भने अहिले वृद्ध शाहीको अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्