नेभिगेशन
चंखेली

नेप्काको सुख्खा पहिरोमा २ को मृत्यु ४ घाइते

हुम्ला, ३० भदौ । चंखेली गाउँपालिका ६ को नेक्पामा शनिबार (आज) मध्यन्न गएको सुख्खा पहिरो परि २ जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् ।


गाउँदेखि १५ मिनेटको पैदल दुरीमा गएको पहिरोमा परि वेपत्ता भएको आशंका गरिएको छ ।  पहिरोमा परी २४ वर्षिय वसन्ति तामाङ्ग र १३ वर्षिय बाँचु तामाङ्गको मृत्यु भएको चंखेली ५ का वडा अध्यक्ष भैरवबहादुर तामाङ्गले बताए । उनका अनुशार पहिरोमा परि वर्ष ८ का युकेश तामाङ्ग, वर्ष ९ का विनिता तामाङ्ग र हेमन्त तामाङ्ग र १३ वर्षकी सुष्मिता तामाङ्ग घाइते भएका छन् ।


घाइतेलाई अपरान्ह १ बजे सिमकोटबाट गएको हेलिकप्टरले उद्धार गरेर सिमकोट ल्याएको हो । जिल्ला अस्पताल हुम्लामा उपचारका लागि राखिएका चारै जना वालवालिकामध्ये विनिता तामाङ्गको अवस्था निकै गम्भीर छ । टाउकोमा गम्भीर चोट लागेकी विनितालाई अक्सीजन दिएर उपचार गरिएको जिलला अस्पतालका डा. नविन रोकायाले जानकारी दिए । अर्का बिरामी मुकेस तामाङ्गको खुट्टमा निकै ठूलो चोट लागेकाले जिल्ला अस्पता हुम्लामा उपचार गर्न संभव नभएपछि नेपालगञ्ज रिफर गरिएको छ ।


घाइते विनिता र मुकेशलाई उपचारमा थप समस्या आउन थालेपछि गृह मन्त्रालयसँगको समन्वयमा अहिले साँझ हेलिकप्टरबाट नेपालगञ्ज लगिएको सहायक प्रमूख जिल्ला अधिकारी महेशकुमार पोखरेले बताए । हेलिकप्टरबाट बिरामी वालक हेमन्तलाई समेत नेपालगञ्ज पठाइएको बताएका सहायक प्रमूख जिल्ला अधिकारी पोखरेलले नेपालबोडसँग भने “घटना निकै अकल्पनिय घट्यो । जिल्ला सदरमुकाम सिमकोट देखि निकै टाढा र टेलिफोनको समेत पहुँच नभएकाले उद्धारमा समेत समस्या आयो ।”
पहिरोबाट भएको क्षतीको एकिन विवरण आइनसेकेको बताएका पोखरेलले नजिकैको पिप्लाङ्ग प्रहरी चौकीका सुरक्षाकर्मी घटनास्थलमा पठाइएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप चंखेली
कर्णालीमा बगेका ६६ वर्षिय वृद्धाको प्रहरीले यसरी बचायो ज्यान 

कर्णालीमा बगेका ६६ वर्षिय वृद्धाको प्रहरीले यसरी बचायो ज्यान 

खोलामा परेर करीव १० मिटर तलसम्म बगाएर लगेका वृद्ध शाहीलाई प्रहरीको सहयोगमा उद्धार गरि ज्यान बचाएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।