नेभिगेशन
मेरो जीवन

मेरो जीवन अंक २ (वृषबहादुर महत)

Mero Jiwan Episod 2 (Birkha Bahadur Mahata)

कार्यक्रम मेरो जीवन (वृष महत)को दोस्रो अंकमा हामीले २०३४ सालमा दरबारले गठन गरेको गाउँफर्क अभियानका सदस्य सचिव तथा पुर्व जिल्ला विकास समितिका उपसभापति वृषबहादुर महतको जीवनको भोगाई प्रस्तुत गरिरहेका छौं । मानव विकास सूचांकको पुछारमा रहेको हुम्ला जिल्लाको स्याम्नेमा २००७ साल वुवा भियाल्या महत र आमा बुदी महतको जेष्ठ सुपुत्रका रुपमा जन्मीनु भएका महतको जीवनको पहिलो खण्डमा हामीले बाल्यकाल, विद्यालय शिक्षा आर्जन देखि गाउफर्क अभियानमा मनोनित हुदैं गाउँपञ्चालयको अनुमोदनका लागि गोठी सर्केगाड गाउँपञ्चायत पुग्दाको अनुभवलाई समेटेका छौं । जिल्लाबाट पहिलो एसएलस्ी पास गर्ने पुर्व सांसद चक्रबहादुर शाहीलाई समेत अनुमोदन दिएका महतले पुर्व जिल्ला विकास समितिका सभापति लालबहादुर शाहीलाई अनुमोदन दिएनन् किन ? त्यपिछि जिल्ला पञ्चालय र सांसदको निर्वाचन कसरी भयो ? उहाँ उपसभापतिमा कसरी झर्नु पर्यो भन्ने विषयको वास्तवकित भोगाई आजको अंकमा हामीले समेटेका छौं । यति मात्रै होइन् सबै पञ्चालयको पक्षमा ओकालत गर्ने हुम्लाका नेताहरुमध्ये को को ले २०३६ को जनमत संग्रहमा बहुदलको पक्षमा मतदान गरे वा २०४६ को परिवर्तन अघि र पछि को दरबारसँग नजिक थिए ? को वास्तवमै बहुदलकै पक्षमा थिए भन्ने कुराको ऐतिहाँसिक जानकारी हामीले तपाईलाई दिने छौं । प्रस्तुत छ गाउँफर्क अभिायानका सदस्य सचिव तथा पुर्वजिल्ला विकास समितिका उपसभापति मतहको जीवनको भोगाई उहाँकै आवाजमा सुन्नु होला ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मेरो जीवन
मेरो जीवन अंक ४ (वृषबहादुर महत)

मेरो जीवन अंक ४ (वृषबहादुर महत)

Radio Program Mero JIwan (My Life)
मेरो जीवन अंक 3 (वृषबहादुर महत)

मेरो जीवन अंक 3 (वृषबहादुर महत)

Raio Program Mero JIwan 3rd Episode
मेरो जीवन अंक १ (वृषबहादुर महत)

मेरो जीवन अंक १ (वृषबहादुर महत)