नेभिगेशन
राजनीति

मधेशमा थपिए पाँच राज्यमन्त्री

धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ५ जना राज्यमन्त्री नियुक्त गरेका छन् ।

मन्त्रालयको संख्या १२ रहेको मधेश प्रदेशमा मन्त्रिपरिषदको संख्या २० पुगेको छ । यो मधेशमा अहिलेसम्मको सबैभन्दा ठुलो मन्त्रिपरिषद हो ।

मंगलबार एमालेबाट मो. जयद आलम भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएका छन् । त्यस्तै, कांग्रेसबाट रेखा ठाकुर भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र निलम कुमारी रजक उर्जा सिंचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्रीमा नियुक्त भएका छन् । त्यस्तै लोसपाबाट रामबाबु यादव शिक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतबाट सम्भु साह उद्योग पर्यटन राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

उनीहरुले आजै शपथ समेत लिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नेपाल पत्रकार महासंघको नेतृत्वमा पहिलो पटक महिला (सूचीसहित)

नेपाल पत्रकार महासंघको नेतृत्वमा पहिलो पटक महिला (सूचीसहित)

शुक्रबार सम्पन्न निर्वाचतको अन्तिम मतपरिणाम घोषणा भएको छ। आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार अध्यक्षमा निर्मला शर्मा ४ हजार २८२ मतसहित विजयी भएपछि महासंघको नेतृत्वमा महिला निर्वाचित भएकी छन् । 
हुम्लाको सर्केगाडमा मतदान सुरु

हुम्लाको सर्केगाडमा मतदान सुरु

स्थानीय तह उपनिर्वाचनको मौन अवधि सुरु 

स्थानीय तह उपनिर्वाचनको मौन अवधि सुरु 

निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ उपदफा ५ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ सङ्गठन...