नेभिगेशन
अर्थ

जन्म र मृत्यु भएका ६ सय ७८ जनालाई एक सय ३५ क्विइन्टल ४० केजी चामल वितरण

सिमकोट । हुम्ला सहित कर्णालीका हिमाली जिल्लामा सरकारले दिँदै आएको जन्म र मृत्यु भएका प्रतिघरपरिवारलाई निःशुल्क अनुदानमा वितरण गर्ने २० किलो चामल प्रभावकारी बन्दै गएको छ । 

हुम्लामा २०८० को असार मसान्तदेखि २०८१ को असार मसान्तसम्म जन्म र मृत्यु भएका ६ सय ७८ जनालाई एक सय ३५ क्विण्टल ४० केजी चामल वितरण गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखासहित सर्केगाड र श्रीनगर डिपोबाट उक्त चामल वितरण गरिएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोटले एक वर्षमा जन्म दुई ५९ र मृत्यु ८७ जना गरी तीन सय ४६ जनालाई विस केजीका दरले ६९ क्इिन्टल बिस केजी जीरा मसिनो चामल वितरण गरिएको सोही लिमिटेड शाखा हुम्लाका नायव सुब्बा नविन आचार्यले बताउनुभयो । सिमकोट शाखाले ६ लाख ५७ हजार बराबरको चामल वितरण गरेको नायब सुब्बा आर्चाले बताउनुभयो । यस्तै एक लाख ४४ हजार ढुवानी खर्च समेत दिएको नेपाल खाद्य संस्थान शाखा सिमकोटका नायब सुब्बा आचार्यले जानकारी दिनुभयो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा सिमकोटबाट नाम्खा, सिमकोट र खार्पुनाथ गरी तनीवटा गाउँपालिकाका नागरीकलाई उक्त चामल वितरण गरिदैँ आएको उहाँले बताउनुभयो ।

यसैगरी जिल्लाको मध्ये भेगमा रहेको सर्केगाड डिपोबाट २०८० सालको पौष महिनादेखि २०८१ सालको असार मसान्तसम्म जन्म, एक सय ८२ र मृत्यु १८ जना गरी दुई सय जनालाई चालीस क्इिन्टल चामल वितरण गरिएको उहाँले बताउनुभयो । चालीस क्विइन्टल चामलको मूल्य रु तीन लाख असी हजार बराबरको चामल वितणर गरिएको छ । सर्केगाड डिपोबाट सर्केगाड र चंखेली दुईवटा गाउँपालिकाका नागरीकले उक्त चामल लिदैँ आएका बताइएको छ । 

यस्तै अदानचुली गाउँपालिकामा रहेको श्रीनगर डिपोबाट २०८० सालको माघ महिनादेखि २०८१ सालको असार मसान्तसम्म जन्म एक सय आठ, मृत्यु २४ गरी एक सय ३२ जनालाई बिस केजीका दरले २६ क्विइन्टल चालीस केजी चामल वितरण गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा सिमकोटका प्रमुख कृष्ण अधिकारीले बताउनुभयो । श्रीनगर डिपोबाट दुई लाख पचास हजार आठ सय बराबरको खाद्यन्न वितरण भएको कार्यालयका प्रमुख आचार्यले बताउनुभयो । सर्केगाड र श्रीनगर डिपोबाट ढुवानी भाडा रकम भने नदिने गरेको बताइएको छ । अब यो आर्थिकबाट दुईवटै डिपोबाट ढुपानी भाडा समेत दिने निर्णय भएको उहाँले बताउनुभयो ।

यो सेवा लिनका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाले छ महीनाको अवधि राखेर जन्मको हकमा बच्चा अस्पतालमा जन्मेको प्रतिवेदन तथा बच्चाको जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि, वडाको सिफारिश र मृत्यु हुनेको हकमा मृत्युदर्ता, वडाको सिफारिश र सेवा लिन आउने सेवाग्रहीको नागरिकता लिएर सेवा प्रवाह गर्दै आएको छ । सिमकोट आसपसाका गाउँमा ढुवानी रु ५०० दिएको छ भने अन्य टाढाका गाउँका बासिन्दालाई रु एक हजार ढुवानीका लागि रकम दिने गरेको नेपाल खाद्य संस्थान हुम्लाले जानकारी दिएको छ ।

सरकारले कर्णालीवासीलाई जन्म र मृत्यु संस्कारमा २० किलो चामल निःशुल्क दिने गरेपछि हुम्लाका बासिन्दालाई सहज भएको नेपाल खाद्य संस्थान कार्यालय हुम्लाले बताएको छ । २० किलो चामल उपलब्ध हुँदा गरीब घरका मृतकका परिवारलाई केही हदसम्म भए पनि राहत भएको र जन्ममा सुत्केरी महिलाको खाद्य सुरक्षामा सहयोग पुगेको यहाँका नागरीकले बताउने गरेका छन् ।

सधै खाद्यन्न अभाव हुने हिमाली जिल्ला हुम्लामा यो वर्ष भने आठ हजार क्विइन्टल बढी मौजाद रहेको बताइएको छ । यो वर्ष भने हुम्लामा खाद्यन्न अभाव नहुने भएको छ । आजकल लिमिटेड शाखा सिमकोटले दैनिक कार्यालय समयमा खाद्यन्न वितरण गरिरहेको जानकारी प्राप्त भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
बजेट खर्चः ६ महिनामा हुम्लामा १ अर्ब ३३ करोड ८३ लाख

बजेट खर्चः ६ महिनामा हुम्लामा १ अर्ब ३३ करोड ८३ लाख

आव २०८१/०८२ को ६ महिनामा हुम्ला जिल्लाका २१ संघीय र ७ गाउँपालिकामा चालु तथा पूँजीगत दुबै शिर्षकको बजेट १ अर्ब ३३ करोड ८३ लाख ८६ हजार ७७८ रुपैँया...