नेभिगेशन
सर्केघार्ड

वर्षाले सर्केगाड-१ को फोक्से दलित वस्ती उच्च जोखिममा

सिमकोट ।  निरन्तरको वर्षाले सर्केगाड गाउपालिका वडा न १ अन्तरगत फोक्से स्थित दलित वस्ती उच्च जोखिममा रहेको छ । 

३० घरधुरी रहेको उतm दलित वस्ती नै बाढी पहिरोको उच्च जोखिममा रहेको छ । सोही वडा कै छिडी नात्ता वस्तीबाट तारा आधारभुत विद्यालयमा जाने बाटोमा पहिरोले क्षेती भएसगै जोखिम मोल्दै आवता जावत गर्नेक्रममा एक जना बालिकाको लडेर हात भाँच्चिय पछि सुर्खेत लिनु परेको सर्केगाड-१ का वडा सदस्य बाचुकला रावतले जानकारी दिनुभयो । 
उहाँका अनुसार वर्षाले गरेको क्षेतीको ध्यानाकषण गर्न वडा कार्यलयमा नाराबाजी गर्दा आज जोखिम बस्ती र बाटोको अनुगमन भएको छ । वडा सदस्य बाचुकला रावत र झवला नेपाली सहित नेकपा एमाले जिलला कमीटी सदस्य दिल बहादुर कार्की र माओबादी केनद्रका जिलला कमीटी सदस्य तारासिह रावत सहित कार्यलय सहयोगीको टोलीले अनुगमन गरेको छ । उतm अनुगमनले फोक्से भन्ने दलित बस्तीको दाँया बाया तिर पहिरो खस्ने जोखिम रहेको र खोलानाला बगेको देखिएको बताएको छ भने वडाले गर्न सक्ने ५० हजार बराबरको मर्मतले बाटो बनाउने र थप पहलका लागि वडाले मुचुल्का गरेर पठाउने तयारी भएको छ । 

वडाका जनप्रतिनीधी र राजनितीक दलका प्रतिनीधी सहितको टोली मार्फत भएको अनुगमनलाई आधिकारीक मानेर अगाडी जाने भएको वडा अध्यक्ष बलबहादुर कार्कीले बताउनुभयो । 

यसैगरी अदानचुली गाउपालिका २ का महन महताराको घर पुर्ण रुपमा क्षेति भएको छ । बिहिबार रातीको वर्षाले तल्लो तलाको पुरैभाग भत्किएको थियो भने पर्खाल लगाउने क्रममा माथिल्लो तलाबाटै भत्किएको वडा न २ का कार्यबाहक अध्यक्ष हिर भण्डारीले जानकारी दिनुभयो । पर्खाल लगाउने मिस्त्रीहरु र घरपरिवारमा कुनै क्षेति नभएको भएपनि घरभित्रको अन्नपात लुगा लत्ता सोलार चुलो लगायतको सामग्री छोपिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सर्केघार्ड
सर्केगाड उपनिर्वाचनमा ६६ प्रतिशत मतदान 

सर्केगाड उपनिर्वाचनमा ६६ प्रतिशत मतदान 

आइतबार बिहान ७ बजेबाट सुरु भएको १२ वटा मतदान स्थल र १ मतदान केन्द्रमा गरी जम्म ६६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत शम्भु प्रशाद बरालले बताए ।...
खच्चा सडक खुलाउँदै प्रहरी

खच्चा सडक खुलाउँदै प्रहरी