नेभिगेशन
राष्ट्रिय

वर्षाले हुम्लामा एक घर भत्क्यो, विभिन्न ठाउँमा क्षती 

 सिमकोट ।  पछिल्ला तीन दिनयता निरन्तर परेको वर्षाले अदानचुली गाउँपालिकामा एक घर भत्केको छ भने दर्जन बढि स्थानमा क्षति बनाएको छ । 

गएको मंगलबारदेखि निरन्तर परेको वर्षाले बाली लगायका जिल्लाका किसानको खेतीबालीमा ठूलो क्षति गरेको छ । वर्षाले अदानुचली गाउँपालिका वडा नम्बर २ का मोहन महताराको दुई तले घर भत्केर पूर्णरुपमा क्षती भएको छ । अघिल्लो पटक निरन्तर परेको वर्षाका कारण भाँस्सीएको घर यो पटक चारदिनसम्म निरन्तर परेको वर्षाले गोठैसम्म भत्केको पिडित महताराले जानकारी दिए ।  अचानक घर भत्केपछि घर भित्रको अन्नपात, लुगाफाटो, भाँडाकुडा समेत क्षती भएको बताएका महताराले आफू अहिले छिमेकीको घरमा शरण लिएर बसेको जानकारी दिए । 

‘भत्केको घरर्लाइ गाउँका आफन्तको सहषेगमा पन्छाउने काम त गरियो’ महताराले भने ‘यसको पुनः निर्माणको काम अहिले नैं त संभव छैन् । अब पछि गरौला । त्यतिञ्जेलसम्म आफन्तको घरमा आश्रय मागेर बस्नुकमो विकल्प छैन् ।’

घर भत्केपछि घरमा भएको सबै धनमाल पूर्णरुपमा नष्ट भएको बताएका महताराका अनुसार बिहान वेलुकाको छाक टार्न पनि अहिले मागेर चलाउने काम गरिएको छ । वर्षाले एक गाउँबाट अर्को गाउँ जाने कतिपय बाटाहरु समेत अवरुद्ध हुँदा आउजाउमा पनि समस्या भएको बताइएको छ । यस्तै खानेपानीका मूहानमा समेत ठुलो क्षती गरेको छ । लगातार भइरहेको वर्षाले खार्पुनाथ गाउँपालिका वडा नम्बर तीन राया गाउँमा ठूलो असर गरेको स्थानीय हाँसबहादुर बुढाले बताए । आफ्नो घरमा समेत निरन्तरको वर्षाले क्षति गरेको जानकारी बुढाले दिए । २४ गते राती आएको वर्षाले घरको तल्लो तला गोठमा समेत क्षति पुर्याएको बताएका बुढाका अनुसार गोठ तलाको एक भाग भत्किदा आफुहरु घरमा बस्न छोडिएको छ । 
 
‘वर्षाले क्षति पुर्याएपछि हामी घर छोडेर आफन्तको घरमा बस्न थालेका छौं’ बुढाले भने, वर्षाले विभिन्न स्थानका बाटो अवरुद्ध हुनुका साथै खोलामा पानी बढ्दा गाउँमा विद्यार्थीलाई स्कुल जानसमेत समस्या हुने गरेको छ । पानी परेको दिन स साना बालबालिका स्कुल छान छोडेका छन् ।’

कर्णाली कोरिडोर अवरुद्ध 
वर्षाले ताँवकोट गाउँपालिका अन्तरगत पर्ने पुइमा खोलामा पानीको बहाब बढेपछि कर्णाली कोरिडोर अवरुद्ध भएको छ । निरन्तरको वर्षाले केरिडोरका विभिन्न स्थानमा बाटो भत्कीनुका साथै खोलामा पानीको बहाव तर्न नसक्ने भएपछि बाटो अवरुद्ध भएको सिमा प्रहरी चौकी कवाडी प्रहरीले जानकारी दिएको छ ।

‘सुर्खेतबाट कर्णाली कबोरिडोर हुदै हुम्ला चल्ने लामो दूरीका सवारी साधन केहि समय अघि नैं बन्द भएका थिए । तर पछिल्लो समयको निरन्तरको वर्षाले पुइमा खोला तर्न नसक्ने भएपछि कवाडी देखि अदानचुली, सर्केगाड, चंखेली चल्ने सवारी साधन पनि बन्द भएका छन्’ धुलाचौरमा व्यवसाय गर्दै आएका अदानचुली १ का धनमल महताराले बताए ।  

karnali-corrydoor-1723304530.jpg
 

वर्षाले अनपेक्षित रुपमा विभिन्न स्थानको सडक भत्कीए पछि गाउँपालिका भित्र जोड्ने सडक पनि अवरुद्ध भएका छन् । जिल्लाको दक्षिण र उत्तर तिरका गाउँहरुमा जोड्ने सडकहरु भत्कीदा आन्तरिक रुपमा सञ्चालन हुदै आएका सवारी साधन समेत अवरुद्ध भएको हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।