नेभिगेशन
विदेश

 बंगलादेशमा थप संकट चुलिदैं: प्रधानन्यायधिस पछि थप ५ न्यायधिसले पनि दिए राजिनामा

ढाका । प्रधानन्यायाधीश ओबैदुल हसनले राजीनामा दिएपछि पाँच न्यायाधीशले पनि राजीनामा दिएका छन् ।

ढाका ट्रिब्युनका अनुसार यसरी राजिनामा दिने न्यायधिसहरुमा एम इनायतुर रहिम, अबु जफोर सिद्दिकी, मोहम्मद जहाँगीर हुसेन, मोहम्मद शाहिनुर इस्लाम र कशेफा हुसेन रहेका छन् ।

राष्ट्रपति मोहम्मद शहाबुद्दीनले पाँच न्यायाधीशको राजीनामा स्वीकृत गरेका छन् ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका कानुन तथा न्याय महाशाखाका सचिव मोहम्मद गुलाम सरवारले शनिबार राजपत्रमा सूचना जारी गरी सो जानकारी दिएका हुन् । न्यायाधीशहरुले हिजो साँझ कानून मन्त्रालयमार्फत राष्ट्रपतिसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

यस अघि हिजो दिउँसो २ः३० बजे कानुन मन्त्रालयले प्रधानन्यायाधीश ओबैदुल हसनले राजीनामा दिएको जानकारी दिएको थियो । बिद्यार्थीहरुले सर्वोच्च अदालत घेराउँ गरेर पछि प्रधानन्यायधिस हसनले राजिनामा दिन बाध्य भएका हुन । बिद्यार्थीहरुले थप पाँच जना न्यायधिसले पनि राजिनामा दिनु पर्ने सर्त राखे पछि हसन पछि थप पाँच जना न्यायधिसले राजिनामा दिएको बंगलादेशका मिडियाले जनाएका छन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विदेश
मंगल ग्रहको जमिनमुनी भेटियो पानीको ताल

मंगल ग्रहको जमिनमुनी भेटियो पानीको ताल

नयाँ अनुसन्धान पछि नासाका वैज्ञानिकहरूको टोलीले ग्रहको सतहमा महासागर रहेको अनुमान गरिएको छ । मंगल ग्रहको क्रस्टको बीचमा रहेको चट्टानको सानो दरार र छिद्र अध्ययन गर्दा पर्याप्त पानी...
नोबेल पुरस्कार विजेता युनुस बंगलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त

नोबेल पुरस्कार विजेता युनुस बंगलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त

८४ बर्षिय यूनुसले बंगलादेशमा ग्रामिण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान संचलान गरेका कारण २००६ मा नोबेल शान्ती पुरस्कार पाएका थिए ।