नेभिगेशन
राष्ट्रिय

सरकार प्रमुख युनुसलाई बंगलादेशका राजनीतिक दलहरुको सुझाव,  'निर्वाचनको बातावरण बनाउनुहोस'

ढाका । बंगलादेशका राजनीतिक दलले अविलम्ब निर्वाचनको बातावरण बनाउन सरकार प्रमुख मोहम्मद युनससँग आग्रह गरेका छन् । 

राजधानीको स्टेट गेस्ट हाउस जमुनामा मुख्य सल्लाहकार र बिएनपीका  वरिष्ठ नेताहरुबीच भएको भेटमा सो अनुरोध गरिएको हो ।

 बिएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरले सोमबार डा मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारलाई राष्ट्रिय निर्वाचनका लागि उपयुक्त वातावरण बनाउन आवश्यक समय दिएको बताएका छन् ।  उनले भने, ‘हामीले यो अन्तरिम सरकारलाई निर्वाचनका लागि उपयुक्त वातावरण बनाउन आवश्यक समय दिएका छौं । मिर्जा फखरुलले वर्तमान अन्तरिम सरकारका सबै काम कारवाहीमा आफ्नो पार्टीले पूर्ण सहयोग गरिरहेको बताए ।

बैठकमा बिएनपीका स्थायी समिति सदस्य खन्दकर मोसर्रेफ हुसेन, मिर्जा अब्बास, डा अब्दुल मोइन खान, नजरुल इस्लाम खान, सलाहुद्दीन अहमद, अमिर खसरु महमुद चौधरी, सेलिमा रहमान र जमिरुद्दीन सिरकार पनि सहभागी थिए ।

विद्यार्थी नेतृत्वको जनआन्दोलनको सामना गर्दै पूर्व प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि नोबेल पुरस्कार विजेता प्राध्यापक मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो ।

अगस्त ८ मा  सरकार गठन भएयता अन्तरिम सरकार प्रमुख र बिएनपी नेताहरुबीचको यो पहिलो औपचारिक भेट हो ।

तर उनीहरुले यसअघि नै निर्वाचनको उचित वातावरण बनाउन समय लाग्ने बताएका थिए । ‘हामीले समय दिएका छौं,’ उनले भने, ‘आगामी पुस्ताको निर्वाचनको व्यवस्था गर्न बिएनपीले कुनै निश्चित समयावधि तोकेको छैन ।ु

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।