नेभिगेशन
अर्थ

एनएसीको वाई १२ को परिक्षण उडान सफल

अब नियमित फ्लाईटका लागि पहल हुने

असोज १०, हुम्ला । नेपालको सरकारी ध्वजाबहाक विमान नेपाल वायूसेवाको वाई १२ जहाजले कर्णाली प्रदेशका जिल्लाको सफल परिक्षण उडान भरेको छ ।
यातायातको सञ्जालमा समाहित नभएको कर्णाली प्रदेशका विकट हिमाली जिल्लाहरुको व्यावासायिक उडानका लािग एनएसी बुधबार (आज) ले गरेको परिक्षण उडान वाई १२ ले सफल गरेको हो ।
वाई १२ जहाजले एक साथ कर्णाली प्रदेश अन्र्तगत हुम्लाको सिमकोट, मुगुको ताल्चा, जुम्ला जिल्लाको खलंगा र डोल्पा जिल्लाको जुफाल विमानस्थलमा सफल परिक्षण उडान भरेको नेपाल एयरलाईन्सको क्षेत्रीय कार्यालय नेपालगंजका क्षेत्रीय प्रबन्धक मुक्तीराम पाण्डेले जानकारी दिए ।
यसअघि एनएसीको वाई १२ जहाजले हिमाली जिल्लाका बिमानस्थलमा उडान नभरेको बताएका पाण्डेले नेपालबोडलाई भने, “हामीलाई परिक्षण उडान सफल हुन्छकी हुन्न भनेर दुबिधा थियो तर आज साविकको कर्णालीका चारवटै विमानस्थलमा परिक्षण उडान सफलतापूर्वक सम्पन्न भएको छ ।”
‘बुधबार (आज) को सफल परिक्षण उडान पश्चात वाई १२ विमानलाई व्यावसायिक उडान गर्ने बाटो खुलेको छ ।’ उनले थते, “यसले आवतजावतमा समस्या भोगिरहेका हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पा र जुम्लाका वासिन्दालाई समेत केही सहयोग हुने आशा हामीले लिएका छौं ।”
परिक्षण उडान सफल गरेको वाई १२ ले अब नियमित उडान भर्नका लागि नेपालवायू सेवा निगमको क्षेत्रिय कार्यालयले केन्द्रमा पहल गर्न तत्कालै व्यबस्था गर्न पत्राचार गर्ने पाण्डेले बताए ।
हाल नेपाल एयरलाईन्ससँग चार वटा वाई १२ र तीन वटा ट्वीनएटर विमान रहेकोमा नेपालगञ्ज सेक्टरमा महिनाको एक पटक मात्रै उडान भर्ने भएपछि साविकको कर्णालीका यात्रुले आवतजावतमा समस्या भोग्दै आएका छन् । -साभार नेपालबोड 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
हुम्लामा जापानको सहयोगमा बालगृह निर्माण

हुम्लामा जापानको सहयोगमा बालगृह निर्माण

जापानी राजदूतावासका कार्यवाहक राजदूत तामुरा ताकाहिरोले ग्रामीण सशक्तीकरण तथा विकास प्रयास (रेडि हुम्ला)का प्रमुखलाई उक्त भवनको साँचो हस्तान्तरण गर्नुभयो । उक्त भवनको ३० जना बालबालिकालाई आश्रय दिने क्षमता...