नेभिगेशन
अदानचुली

साउने पुर्णिमाको तयारीमा हुम्लाका नागरिकहरुः ताजाकोटको बातमाडौंंमा होटेल पसल राख्न शुरु 

सिमकोट । साउने पुर्णिमाको रुपमा मनाईने जनै पुर्णिमाको तयारीकालागि हुम्लाका अधिकांश गाउँका नागरिकहरुले तयारी थालेका छन् । 

पुर्णिमाको केन्द्रीत गरी स्थानिय बजारमा नयाँ कपडा देखि दैनिक उपभोग्य सामानहरुको खोजी गर्नेले बजारमा चहल पहल बढेको छ । मेलाको व्यावस्थापन गर्न अदानचुली ५ र ताजाकोट ५ ले आयोजकको रुपमा सरोकोरवाला सबैमा आग्रह गर्दै स्वयम् सेवक तयारी देखि मधिरा विक्री वितरण र सेवनमा कडाई गर्न शुरु गरेको छ । 

मदिराले अशान्त फैलाउने भएकाले त्यसको निगरानीमा राख्न यस अघिको बैठकले १० जनाको समिती समेत गठन गरेको छ । साउने पूर्णीमा नजिकिए सँगै स्थानियको बजारमा चहलपहल बढेको पाईएको छ भने गाउँघरमा लिप पोत र मेलामा जाने तयारीमा जुटेका छन्  ।
 
बातमाडौंमा होटेल पसल थाप्न होडबाजी 
साउने पुर्णिमाकालागि अदानचुली र ताँजाकोट गाउँपालिकाको तिर्थ स्थल मानिदै आएको बातमाडौं खौलामा होटेल तथा पसल थाप्न शुरु भएको छ । 

साउन पुर्णिमाको दिन अदानचुली र ताँजाकोट गाउँपालिका लगायत अन्य जिल्लाका दर्शालु आउने भएकाले होटेल तथा पसलहरुले सजावट हुन लागेको बताइएको छ । 

पूर्णिमाको दिन धाम नाच देउडा लगायतको परम्परागत मेला लाग्ने भएको भक्तजनको बाक्लो उपस्थितमा ब्यापार समेत मनग्य हुने भन्दै ब्याबसायीको संख्या बढ्दै गएको छ । बातमाडौं क्षेत्रमा भेडा गाठालो लाग्नु भएका अदानचुली २ का स्थानिय कलबहादुर बुढाका अनुसार मेलाको मुख्य सुरुवात अदानचुली ५ को डाँडागाउँमा चतुरदशीको साँझ बाडामाडौ र पूर्णीमाको दिन झाडमाडौमा ठूलो मेला लाग्ने भएकाले स्थानिय ब्यापारीको संख्या बढ्न लागेको हो ।

परापुर्ब कालदेखि नैंलाग्ने मेला खौला बाडमाडौं हुदै झाडमाडांैमा पुगेर बिभिन्न देवि देवता दर्शन हुने भन्दै दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ । सोही दिनमा अदानचुली ५ र ताँजाकोट ५ का विभिन्न देबि देवताको दर्शनका लागि भत्तजनहरु जाने गरेको पाइएको छ । सोही क्षेत्रमा जाने भत्तजनहरु बिहान उठेर स्नान गरी आफुलाई चाहिने खाजा नास्ता समेत बोकेर जाने गरेको पाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अदानचुली
ग्लोबल आइएमइ बैंकलाई एमाले अदानचुलीको ध्यानाकर्षणः 'सेवाग्राहीलाई माग बमोजिम भुक्तानीको व्यवस्था गर'

ग्लोबल आइएमइ बैंकलाई एमाले अदानचुलीको ध्यानाकर्षणः 'सेवाग्राहीलाई माग बमोजिम भुक्तानीको व्यवस्था गर'

बैंकसँग सम्बन्धित विभिन्न ४ मागहरु राख्दै एमाले गाउँ कमिटिले पछिल्लो समय सामाजिक सुरक्षा भक्ता बुझ्न जाने सेवाग्राहीले ठूलो लाइनमा बस्नु पर्ने, माग बमोजिम रकम भुक्तानी नहुने समस्यालाई यथासकय...
सुख्खा पहिरोमा परि ४ जना कामदार घाईते  

सुख्खा पहिरोमा परि ४ जना कामदार घाईते  

पहिरोमा परि घाईते हुनेमा अदानचुली गाउँपालिका वडा नं. २ का तुलराज महतारा, युवराज बुढा, घमण्डी थापा र धनसोभा बुढा रहेका छन । वर्षाका कारण थपालीमा सडकमा क्षेती हुदा...