नेभिगेशन
चंखेली

चंखेलीमा जीप दुर्घटना पाँच जना शख्त घाइते, दुई सामान्य

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिकामा बुधबार विहान आठ बजेको समयमा बोलेरो जीप दुर्घटना हुँदा पाँच जना शख्त घाइते भएका छन् । 

   कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको बोलेरो जीप चंखेली गाउँपालिका–२ गर्खा देखि देउली बजार तर्फ आउँदै गर्दा मुगु सडक खण्डको गौरी सल्ला स्थित दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्ला प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । चालक सहित सात जना सवार रहेको उक्त जीपमा पाँच जना शख्त घाइते भएको र दुई जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक चन्दले बताउनुभयो । 

   शख्त घाइते हुनेमा चंखेली गाउँपालिका घर भएका ३५ वर्षिय सुरेन्द्र शाही, ५० वर्षिय तील बहादुर शाही, १५ वर्षिय रविन शाही र मुगुको छायानाथ नगरपाली–१३ का ४० वर्षिय पृथ्विी रावत र बोलेरो जीप शाही रमेश मल्ल शख्त घाइते भएको जानकारी प्राप्त भएको छ । उनिहरुको शरिरका विभिन्न भागमा चोट लागेको बताइएको छ । यस्तै बाजुरा बुढीनन्दा नगरपालीका–४ घरभएका सावरी चालक महेन्द्र विक्रम शाह मध्यम र चंखेली गाउँपालिका–२ बस्ने मायादेवी शाही सामान्य घाइते भएका छन् । 

   दुर्घटना हुनासाथ मिमि प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण खण्डाको नेतृत्वमा खटिएको सात जनाको टोली घट्नास्थलमा पुगेर उनिहरुको उद्धार गरिएको हो । 

गौरी सल्ला स्थित दुर्घटना भएको बोलेरो जीप सोही स्थानको मोडमा मोड्ने क्रममा सडकदेखि एक सय पचास मिटर तल खसेको छ । दुर्घटना भएर सडकभन्दा तल खसेको जीप सोही ठाउँमा बस्ने खड्क बहादुर शाहीको घरको पछाडी पट्टीमा अड्एिको  जानकारी प्राप्त भएको छ । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप चंखेली
कर्णालीमा बगेका ६६ वर्षिय वृद्धाको प्रहरीले यसरी बचायो ज्यान 

कर्णालीमा बगेका ६६ वर्षिय वृद्धाको प्रहरीले यसरी बचायो ज्यान 

खोलामा परेर करीव १० मिटर तलसम्म बगाएर लगेका वृद्ध शाहीलाई प्रहरीको सहयोगमा उद्धार गरि ज्यान बचाएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।