सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँमा रहेको कालाशिल्ता आधारभूत विद्यालयको २५ औँ वार्षिक उत्सव एवं अभिभावक दिवस बुधबार सम्पन्न भएको छ । २०५६ सालमा स्थापना भएको कालाशिल्ता आधारभूत विद्यालयले आफ्नो वार्षिक उत्सव सम्पन्न गरेको जानकारी प्राप्त भएको छ ।
सोही विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुनारको अध्यक्षतामा र सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला रोकाया (भाम) को प्रमुख आथित्यतामा, सिमकोट गाउँपालिका शिक्षा शाखाका प्रमुख वर्ष फडेराको विशेष आथित्यमा २५ आंैँ वार्षिक उत्सव सम्पन्न भएको कालाशिल्ता आधारभूत विद्यालयका प्राधानाध्यापक गणेश बहादुर शाहीले जानकारी दिनुभयो । बुधबार भएको वार्षिक उत्सव कार्यक्रममा पूर्व जिल्ला समन्वय समितिका प्रमुख दान बहादुर रावत, वडा नम्बर ६ का वडाध्यक्ष नन्द रावत, वडा नम्बर ५ का वडाध्यक्ष चीन रावत, सामाजिक विकास कार्यालयका प्रमुख हर्क बहादुर बस्नेत लगायत पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभाव, विद्यार्थी लगायतको सहभागीता रहेको प्राधानध्यापक शाहीले बताउनुभयो ।
वार्षिक उत्सव कार्यक्रमका प्रमुख अथिती तथा गाउँपालिका उपाध्यक्ष रोकायाले वार्षिक उत्सव कार्यक्रम महिला मैत्री भएको बताउनुभयो । उक्त कार्यक्रममा पुरुष कमै देखिनु र महिला मात्रै बढी भएकोमा असन्तुष्टि जनाउनु भएको थियो । बालबालिका भविष्यका कर्णधार भएकाले सबै सम्मान रुपमा उपस्थित हुनु पर्ने उापाध्यक्ष रोकायाको भनाई थियो । यस्तै उपाध्यक्ष रोकायाले कालाशिल्ता आधारभूत विद्यालयको माथिल्लो पुरानो जीर्ण भवन नयाँ निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भएको थियो ।
कालाशिल्ता आधारभूत विद्यालयमा कक्षा पाँचसम्म पठनपाठन हुँदै आएको छ । विद्यालयले आर्थिक वर्ष २०८०।०८१ मा ७३ लाख, ९० हजार, चार सय आम्दानीमा ७२ लाख, ६३ हजार, नौ सय, पचास रुपैयाँ खर्च गरेको प्रधानध्यापक शाहीले बताउनुभयो । वार्षिक उत्सव कार्यक्रममा सांस्कृतिक पर्दशन समेत भएको थियो ।
विद्यार्थीको सिकाइमा अभिभावकको ठूलो भूमिका रहनुका साथै समयको परिवर्तनसँगै शिक्षा क्षेत्रमा पनि परिवर्तन आएको विभिन्न वक्तादे बताएका थिए । वर्तमान अवस्थामा सैद्धान्तिक शिक्षा भन्दा व्यावहारिक शिक्षामा विद्यालयले जोड दिनुपर्छ । किनकी भोलीको समाज निर्माण गर्ने जिम्मा आजका विद्यार्थीको हुनेछ । व्यावहारिक शिक्षा अहिलेको आवश्यक रहेको भन्दै सबै अभिभावकलाई आफ्ना बच्चाको शिक्षा प्रति सचेत रहन अपिल वार्षिक उत्सव कार्यक्रममा उपस्थित सहभागीको भनाई थियो । विद्यार्थीको शैक्षिक क्षेत्रको विकासका लागि विद्यार्थी, शिक्षक र अभिभावकको त्रिपक्षीय सम्बन्ध हुनु आवश्यक रहेको समेत बताएका छन ।