नेभिगेशन
चंखेली

दुर्घटना घाइते चार जनाको हेलिकोप्टरमार्फत उद्धार 

सिमकोट । बुधबार बिहान हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिकामा बोलेरो जीप दुर्घटनामा परी गम्भीर  घाइते भएका चार जना थप उपचारका लागि जिल्ला बाहिर उद्धार गरिएको छ ।  दुर्घटनामा परेका चालक सहित तीन जनालाई दार्मा स्वास्थ्यचौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । बुधबार बिहान ८ बजे चंखेली गाउँपालिकाको दार्मा गौरी सल्ला मोडमा जीप दुर्घटनामा परेको थियो । 

गम्भीर घाइते भएका चंखेली गाउँपालिका–२ सुरेन्द्र बहादुर शाही तिलबहादुर शाही र रारा छायानाथ नगरपालिका–१३ का रमेश मल्ल रारा छायानाथ–१ का पृथ्वी राउतलाई सिम्रिक एयर हेलिकप्टरबाट उद्धार गरि प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक नरेन्द्र चन्दले बताउनुभयो । उद्धार गरिएका घाइतेहरुको शरिरका विभिन्न भागमा चोट लागेको बताइएको छ । गाउँमा रहेका स्वास्थ्यचौकीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि जिल्ला सुविधासम्पन्न अस्पतालमा पठाइएको छ । 

यस्तै बाजुरा बुढीनन्दा नगरपालीका–४ घरभएका सावरी चालक महेन्द्र विक्रम शाह, १५ वर्षिय रविन शाही र चंखेली गाउँपालिका–२ बस्ने मायादेवी शाहीको अवस्था सामान्य रहेको छ ।  उनिहरुको दार्मा स्वास्थ्यचौकीमा उपचार भइरहेको मिमि प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण खड्काले जानकारी दिनुभयो । 

गौरी सल्ला स्थित दुर्घटना भएको बोलेरो जीप सोही स्थानको मोडमा मोड्ने क्रममा सडकदेखि एक सय पचास मिटर तल खसेको छ । दुर्घटना भएर सडकभन्दा तल खसेको जीप सोही ठाउँमा बस्ने स्थानीय खड्क बहादुर शाहीको घरको पछाडी पट्टीमा अड्एिको जानकारी प्राप्त भएको छ ।

कर्णाली प्रदेश ०२– ००१च ०९२२ बोलेरो जीप बुधबार विहान आठ बजे दुर्घटनामा परेको थियो । चार जना गम्भीर घाइतेलाइ उद्धार गरि सुर्खेत लगिएको छ । बिरामीको उद्धार खर्च चंखेली गाउँपालिकाको विपद कोषबाट खर्च तिर्ने गाउँपालिका श्रोतले जनाएको छ । उद्धार खर्च ५ लाख २० हजार रहेको जानकारी प्राप्त भएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप चंखेली
कर्णालीमा बगेका ६६ वर्षिय वृद्धाको प्रहरीले यसरी बचायो ज्यान 

कर्णालीमा बगेका ६६ वर्षिय वृद्धाको प्रहरीले यसरी बचायो ज्यान 

खोलामा परेर करीव १० मिटर तलसम्म बगाएर लगेका वृद्ध शाहीलाई प्रहरीको सहयोगमा उद्धार गरि ज्यान बचाएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।