नेभिगेशन
विविध

दुई दिनदेखि हवाई सेवा अवरुद्ध

सिमकोट । हुम्लामा दुई दिनदेखि हवाई उडान अवरुद्ध भएको छ । जिल्लाको मौसम खराव भएका कारण नेपालगञ्जदेखि उडान भर्दै आएका निजि एयरलाइन्सहरुको उडान दुई दिन देखि ठप्प रहेको छ । छोटो दुरीमा अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा भएपनि केही दिन यता नियमीत मौसम खराब हुनुका साथै पानी परिरहेका कारण उडान हुन नसकेको नागरीक उड्ययन प्राधिकरण कार्यालय सिमकोटले जानकारी दिएको छ । मंगलबारदेखि जिल्लाको हवाई सेवा अवरुद्ध भएको हो । 

हरेक बिहान साढे ६ बजेदेखि ७ बजेभित्र सिमकोट विमानस्थलमा हवाईजहाजले अवतरण गर्ने भए पनि जिल्लामा बाक्लो बादल लाग्नुका साथै पानी रहेका कारण अवरुद्ध भएको जानकारी प्राप्त भएको छ । बादल र पानीका कारण कारण कुनै जहाजले सिमकोटमा उडान नभरेको विमानस्थलले जानकारी दिएको छ । नेपालञ्जको मौसम सफा भएपनि सिमकोट सहित जिल्लाभरको मौसम खराव हुँदा उडान हुन् नसकेको हो । 

उडान नहँदा नेपालगञ्ज र सुर्खेतबाट आउने यात्रु मर्कामा परेका छन् भने सिमकोटबाट नेपालगञ्ज र सुर्खेत झर्ने यात्रु पनि सिमकोटमै रोकिएका छन् । यसैगरी विभिन्न खाद्यान्न, दैनिक उपभोग्य सामान, तरकारी र कार्गोको सामान पनि ढुवानी हुनसकेको छैन ।

नेपला एयरलाइन्सले उडान भर्न छोड्यो

हुम्लामा नियमीत उडान भर्ने भनि सहमति भएको नेपाल एयरलाइन्सले लामो समेदेखि हुम्लामा उडान भर्न छोडेको छ । अन्य निजि एयरलाइन्सले उडान भर्ने गरेको भएपनि सरकारको स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले आफ्नो सेडुल फलाइटको उडान भर्न छोडेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विविध
आज आश्विन शुक्ल नवमी र महानवमी पर्व मनाइँदै

आज आश्विन शुक्ल नवमी र महानवमी पर्व मनाइँदै

महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस,...
आज फूलपाती, घरघरमा विधिपुर्वक भित्र्याइँदै

आज फूलपाती, घरघरमा विधिपुर्वक भित्र्याइँदै

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल...
आज आश्विन शुक्ल षष्ठी, कात्यायनीको पूजा आराधना गरिँदै

आज आश्विन शुक्ल षष्ठी, कात्यायनीको पूजा आराधना गरिँदै

दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौँथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन...