नेभिगेशन
मनोरञ्जन

गायक भण्डारीलाई भव्य स्वागत 

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–१ ठेहे गाउँमा जन्मिएका देउडा गायक नवराज भण्डारी शुक्रबार सदरमुकाम सिमकोटमा भव्य स्वागत गरिएको छ । गायक भण्डारी शुक्रबार हुम्लाको सिमकोट पुगेसँगै सिमकोट विमानस्थलमा खादा लगाउनुका साथै बाजागाजा सहित भव्य स्वागत गरेको जानकारी प्राप्त भएको छ । 

गायक भण्डारी केही महिना अघि काण्ठमाण्डौँ गएर विभिन्न देउडा गीत गाउँदा निकै चर्चा कमाउनु भएको थियो । देउडा गायक भण्डारीले हुम्लाका सातवटै स्थानीय तहका रहनसहन र सांस्कृतिकका सम्पूर्ण चालचलन अनुसारका देउडा गीत गाउनु भएको छ । भण्डारी शुक्रबार नेपालगञ्देखि सिमकोट विमानस्थलमा पुगेसँगै बाजागाजाले स्वागत गरिएको हो । 

यस्तै भण्डारीसँगै सुस्मिता भेरिकारलाई समेत स्वागत गरिएको छ । दुबै जना देउडा गायकलाई सदरमुकामवासिले भव्य स्वागत गरेका छन् । भण्डारी देउडा संस्कृति जोगाई राख्नु पर्छ भन्ने पक्षमा छन् । गायक भण्डारी सिमकोट पुगेसँगै माथिल्लो बजारमा रहेको विद्युतको प्रांगाणमा घम्साघम्सी देउडा खेल भएको थियो । साउने पूर्णिमो अवसरपारी सदरमुकाम सिमकोटमा भव्य देउडा खेल भइरहेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव सुरु

प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव सुरु

अदानचुलीको श्रीनगरमा शुक्रबारदेखि सुरु भएको महोत्सव शनिबार सम्पन्न हुने भएको छ । पहिलो दिउँसोबाट सुरु भएको महोत्सव शनिबार विहान आठ बजेबाट सञ्चालन हुने भएको जानकारी प्राप्त भएको छ...
कर्णालीमा अनन्ते पूर्णीमा मनाइयो (भिडियो)

कर्णालीमा अनन्ते पूर्णीमा मनाइयो (भिडियो)

अदानचुली गाउँपालिकाको वडा नम्बर १ को महतारा गाउँ, २ को माझखाडा, ४ कोलौठी, ५ को काँखे खार्पुनाथको लाली र छिप्रा, सिमकोटको सिमकोट, ठेहे, स्याँडा, सर्केगाडको मैला, रामा, पादा,...