नेभिगेशन
खार्पुनाथ

कर्णाली करिडोर अन्तर्गत खार्पु सडक अवरुद्ध

सिमकोट । कर्णाली कोरिडोर अन्तर्गतको खार्पुनाथ गाउँपालिका वडा नम्बर एक पिउस गाउँ नजिकको सडक पाँच दिन देखि अवरुद्ध हुँदा सवारी साधन रोकिएका छन् । जिल्लामा परेको अविरल वर्षाले उक्त सडक खण्ड अवरुद्ध भएको स्थानीयले बताएका छन् ।

कर्णाली कोरिडोर अन्तर्गतको सडक अवरुद्ध हुँदा पाँच दिन देखि सवारी साधनले आवतजावत गर्न नसकेको बताइएको छ । सोही सडक खण्डमा नेपालगञ्ज, सुर्खेत हुँदै खार्पुदोभान सम्म पुग्ने यातायातका साधन सञ्चालनमा आउन नसकेका हुन् । उत्त, क्षेत्रका सडक अवरुद्ध भएसँगै सानदेखि ठुला सवारी रोकिएका छन् । खार्पुदोभानदेखि सर्केगाड, ताँजकोट, चंखेली गाउँपालिकामा जाने सवारी समेत रोकिएका छन् ।

अविरल वर्षाले सडक माथिबाट आएको पहिरो र ढुंगा सकेका कारण सडक नै अवरुद्ध बनाएको छ । यस क्षेत्रको सडकमा पहिरो आउँदा सवारी साधनलाई नभएर अन्य सर्वसाधरणलाई समेत आवतजावतमा समस्या बनाएको छ । भने जोखिम मोलेर हिड्नु पर्ने अवस्था रहेको बताइएको छ । अवरुद्ध भएको सडक खुलाउन कसैले चासो नदिएको पाइएको छ । सडकमा पहिरो जानुका साथै ठूला ठूला ढुंगा खसेर अवरुद्ध बनाएको छ ।

यस्तै दक्षिण भेगमा रहेका विभिन्न स्थानका सडक समेत अविरल वर्षाले अवरुद्ध बनाएको जानकारी प्राप्त भएको छ । विभिन्न क्षेत्रका सडक अवरुद्ध हुँदा सवारीसाधनलाई आवतजावतमा निकै समस्या बनाएका छ । अधिकांस स्थानका अवरुद्ध भएका सडक नेपाल प्रहरी र नेपाली सेनाले खुलाउँदै आएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्