नेभिगेशन
राष्ट्रिय

हिउँमा टिउसन पढ्दै हुम्लाका विद्यार्थी

पुस २३, सिमकोट । हुम्लामा शनिवार साँझ देखि निरन्तर हिमपात हुदा एसइई परिक्षाको तयारी गरि रहेका विद्यार्थीलाई समस्या बनाएको छ । चिसो सँगै हुम्लामा चिसो अत्याधिक बढ्नुका साथै तापक्रम माईनसमा झरेको छ ।

स्कुलमा कोष पुरा नभएको हुदा हिमाली जिल्ला हुम्लाका विद्यार्थी हिउँदे टिउसन पढाउनु परेको सिमकोट दुई रामदेभ माविका शिक्ष ललित सिंहले बताए ।

एसइईको तयारी गरिरहेका विद्यार्थी सोवन रोकाया भने विहान चार बजे उठ्नु पर्छ चिसोका कारण लेख्दा अक्षर विग्रने गरेको बताउनछन् । विहान टिउसन पढ्न जानका लागि राति तिन बजे खाना बनाउनुपर्छ । चिसोका कारण बाक्लो कपडा लगाएर पढ्न जाने गरेको चौगन फया कर्णाली माविका विद्यार्थी जीवन शाहीले बताए । टिउसन जादा चिसोमा पढ्नु पर्छ तर सिमकोटमा चिसोबाट बच्न आगो बाल्ने काठ पाउन समस्या भएको एसइईको तयारी गरिरहेकी छात्र सुस्मिता शाही बताईन् ।

एसइई परिक्षाको समय दुई महिना मात्र भएको हुदा एक दिन नपढाउदा विद्यार्थीलाई समस्या हुने भएको हुदा जाडो नभनेर पढाउनु पर्ने बाध्यता भएको मानसरोबर माविका शिक्षक धन बहनदुर ऐडी बताए ।

विद्यालयमा पढाईको कोष पुर्रा हुन नसक्दा चैतमा हुने एसइईको लागि हिउँदे टिउसन लिदै आएका विद्यार्थी चिसोका कारण मारमा परेका छन् ।

हिमपात पछि अत्याधिक चिसो हुदा पनि एसइईको तयारीका लागि पढ्नु पर्ने बाध्यता रहेको विद्यार्थीले बताउदै आएका छन् । चिसो सँगै हुम्लामा दश घण्टा लोडसेडीङ्ग हुदा झनै विद्यार्थी मारमा पर्दै आएका छन् । न खाना समयमा खान पाईन नत पढ्दनै । हुम्लाका विद्याथीले यो समस्या हरेक वर्ष झेल्दै आएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।