नेभिगेशन
मनोरञ्जन

लोकप्रिय गायक भण्डारीले ल्याए पहिलो दोहोरी ‘कर्णालीको शिर’

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर –१ ठेहे गाउँमा जन्मीनु भएका लोकप्रिय तथा जिल्लाका चर्तित गायक नवराज भण्डारीले पहिलो पटक ‘कर्णालीको शिर’ लोक दोहोरी गीत बजारमा ल्याएका छन् । ‘कर्णालीको शिर’ दोहोरी गीतमा हुम्लाका गायक भण्डारी र जुम्ला जिल्ला हिमा गाउँपालिका पातार खोला गाउँमा जन्मीनु भएका सम्झना अधिकारीको स्वर रहेको छ । विन खातीको शब्द, लय रहेको उक्त लोक दोहोरी गीतमा गायक भण्डारी र गायीका अधिकारीले स्वर दिएका छन् । उक्त दोहोरी गीतमा हुम्ला जुम्ला सहित कर्णालीका साविकका जिल्लाहरुको सम्भावनाका विषयवस्तु उठान गरिएको छ । पर्यटकीय सम्भावना बोकेको कर्णाली भएकाले यसको थुप्रै सम्भावनाका प्रचारप्रसार सहित मायापिरतीका शब्द पनि समेटिएका छन् । 

गायक भण्डारीले भन्नुभयो, हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोट जिल्लामा विभिन्न पर्यटकीय र धार्मीक गन्तव्यको प्रचुर सम्भावना भएकाले यसको प्रचारका लागि यो गीत बजारमा ल्याएका हौं । ‘कर्णालीको शिर’ दोहोरी गीत गायक भण्डारीको आफ्नै युट्युब च्यानल प्रकाशन गरिएको छ । गायक भण्डारीले यसअघि थुप्रै देउडा गीत बजारमा ल्याइसकेका छन् । दोहोरी गीत भने पहिलो बजारमा ल्याएको गायक भण्डारीले बताउनुभयो । शनिबार मात्रै बजारमा आएको ‘कर्णालीको शिर’ दोहोरी गीतका लिंक यहाँ रहेको छ । 

(3) Karnali ko Sira | By Nawaraj Bhandari & Samjhana Adhikari New Lok Geet 2081 - YouTube

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव सुरु

प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव सुरु

अदानचुलीको श्रीनगरमा शुक्रबारदेखि सुरु भएको महोत्सव शनिबार सम्पन्न हुने भएको छ । पहिलो दिउँसोबाट सुरु भएको महोत्सव शनिबार विहान आठ बजेबाट सञ्चालन हुने भएको जानकारी प्राप्त भएको छ...
कर्णालीमा अनन्ते पूर्णीमा मनाइयो (भिडियो)

कर्णालीमा अनन्ते पूर्णीमा मनाइयो (भिडियो)

अदानचुली गाउँपालिकाको वडा नम्बर १ को महतारा गाउँ, २ को माझखाडा, ४ कोलौठी, ५ को काँखे खार्पुनाथको लाली र छिप्रा, सिमकोटको सिमकोट, ठेहे, स्याँडा, सर्केगाडको मैला, रामा, पादा,...
आज हरितालिका तीज हुम्लामा पनि मनाइयो, शिवालय पुगेर महिलाले गरे पुजापाठ

आज हरितालिका तीज हुम्लामा पनि मनाइयो, शिवालय पुगेर महिलाले गरे पुजापाठ

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सोही अनुसार हुम्लाको सदरमुकाम सिमकोट सहित जिल्लाभरका...