नेभिगेशन
सर्केघार्ड

रीप र उनापानी गाउँका विद्यालयका विद्यार्थी विरामी हुन थाले

सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका– २ वडा– ३ उनपानी गाउँमा रहेका विद्यालयका प्राय विद्यार्थी केही दिन यतादेखि धमाधम विरामी पर्न थालेका छन् । 

   उनापानी र रिप गाउँमा रहेका विद्यालयका विद्यार्थी विद्यालय समयमा विरामी हुने गरेको कुन्नकोट प्रथामिक विद्यालय रिपका प्रधानध्यापक नवराज फडेराले बताउनुभयो । केही दिन यता यहाँका विद्यार्थी विरामी हुन थालेको प्रधानध्यापक फडेराको भनाई छ । छात्राहरु विरामी हुन थालेपछि छात्रहरु झाँक्रीको भेषमा पतुर्ने (नाच्ने) गर्ने गरेको उहाँले बताउनुभयो । विद्यालयमा विद्यार्थी विरामी हुन थालेपछि बिहिबार र शुक्रबार विद्यालय बन्द समेत गरिएको उहाँले बताउनुभयो । 

   यस्तै वडा–२ लिप्नेमा रहेको लाली गुराँस माध्यामिक विद्यालयका विरामी पनि विरामी हुने गरेको प्रधानध्यापक काली बहादुर महताराले बताउनुभयो । विद्यार्थी विरामी भएपनि विद्यालय भने बन्द नगरिएको प्रधानध्यापक महताराले जानकारी दिनुभयो । विद्यालय समयमा विरामी भएका विद्यार्थीलाई घर पठाउने र उनीहरुका अभिभावकहरुले धामी झाँक्रीकोमा लगेर देवीदेवताको पुजा गर्ने गरेको बताइएको छ । 

   यस्तै वडा–३ उनापानी गाउँमा रहेको देवकोटा प्रथामिक विद्यालयका विद्यार्थी पनि विरामी हुने गरेको बताइएको छ । यस क्षेत्र आसपासका प्राय जसो विद्यार्थी विद्यालयमा विरामी हुने गरेको बताइएको छ । विद्यार्थी के कति कारणले विरामी हुने गरेका हुन् त्यो आफुहरुलाई थाहा नभएको विद्यालय प्रशासनले जनाएको छ । 

    प्राय जसो विद्यार्थी विरामी हुने थालेपछि उनिहरुको पठठनपाठन प्रभावित हुनुका साथै विद्यालयलाई पनि समस्या हुने गरेको बताइएको छ । यि विद्यार्थीमा अनौठो बिरामी देखिएको प्रधानध्यापक महताराले बताउनुभयो । सुरुमा एक दुई छात्रामा काँप्ने, रुने कराउने र चिच्याउने गर्नुका साथै शरिर बाँउडिने समस्या देखापरेपछि पछि अधिकांस विद्यार्थीमा यो समस्या देखिने गरेको हो । 

    छात्रा बिरामी हुँदा छात्रहरुमा देवता आउनुका साथै अनौठो बिरामी देखापरेको प्रधानाध्यापक महताराले बताउनुभयो । विद्यार्थीमा अचानक विरामी हुने यो समस्या आफुहरुलाई जानकारी नभएको बताइएको छ । के कति कारणले विद्यार्थी विरामी हुने गरेका हुन् कसैलाई थाहा नभएको उहाँको भनाई छ । महिला पुरुष विद्यार्थीमा देवता आएर धामी झाँक्रीको जस्तै शरीर काँप्ने गरेका छन् । 

    विद्यार्थी अचानक बिरामी हुन थालेपछि स्वास्थ्य सेवा कार्यालय हुम्ला, गाउँपालिकाको स्वास्थ्य शाखामा विद्यार्थीको उपचारका लागि मनोचिकित्सकको चाँडो व्यवस्था गर्न पत्रचार गर्ने उहाँले बताउनुभयो । हुम्लामा यो समस्या विद्यार्थीमा दोस्रो पटक देखिएको हो । गत वर्ष सर्केगाड गाउँपालिका केन्द्र हिमज्योति माधयामिक विद्यालयका विद्यार्थीमा समेत यो समस्या देखिएको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सर्केघार्ड
सर्केगाड उपनिर्वाचनमा ६६ प्रतिशत मतदान 

सर्केगाड उपनिर्वाचनमा ६६ प्रतिशत मतदान 

आइतबार बिहान ७ बजेबाट सुरु भएको १२ वटा मतदान स्थल र १ मतदान केन्द्रमा गरी जम्म ६६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत शम्भु प्रशाद बरालले बताए ।...
खच्चा सडक खुलाउँदै प्रहरी

खच्चा सडक खुलाउँदै प्रहरी