नेभिगेशन
हतेमालो

रेडियो कार्यक्रम हातेमालो २७ अंक (Radio Program Hatemalo 27 Episode)

प्राकृतिक स्रोत विभाजन तथा परिचालन, जलवायूमैत्री कृषि प्रर्णाली र हाम्रो जीवन पद्धतीका बारेमा जानकारी दिने साप्ताहिक रेडियो कार्यक्रम हातेमालोको २७ औं अंकमा तपाईलाई स्वागत छ । यो अंकमा हामीले बढ्दो जनसंख्या, विकास गर्ने क्षेत्रहरुमा भएको बढोत्तरी जस्ता कारणले हरेक आर्थिक वर्ष पालिकाको अनुदानको रकम वृद्धि हुनुपर्ने हो तर हुम्लाको सन्दर्भमा यो अनुदान घढ्दै गैरहेको छ । यो बजेट किन घट्दै गएको हो ? आयोगको सिफारिसमा हाम्रा स्थानीय तहहरुले प्रास्त गर्ने अनुदान कसरी घटिरहेको छ  भन्ने प्रश्नको उत्तरको खोजि गरेका छौं । कार्यक्रममा हामीले जिल्लाको कोष तथा लेखा नियन्त्रणको काम गरिरहेको कोष तथा लेखा नियन्त्रण कार्यालयको लेखा नियन्त्रक नविकन विक, सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकाया र खार्पुनाथ गाउँपालिकाका लेखा अधिकृत लोकेन्द्र शाहीसँग गरिएको कुराकानी प्रस्तुत गरेका छौं ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हतेमालो