नेभिगेशन
अर्थ
हुम्ला

हुम्लामा १० करोडको स्याउ उत्पादन

हुम्ला । फलफूलमा स्याउ खेतीको राम्रो सम्भावना बोकेको हिमाली जिल्ला हुम्लामा यस वर्ष दस करोड रुपियाँ बराबरको स्याउ उत्पादन भएको छ । यस वर्ष स्याउ उत्पादन राम्रो नभएपनि जिल्ला भरको विवरण अनुसार उक्त स्याउ उत्पादन भएको हो ।

सिमकोट गाउँपालिका भर पाँच करोडभन्दा बढीको स्याउ उत्पादन भएको गाउँपालिका कृषि बिकास शाखा प्रमुख नेत्रबहादुर शाहीले जानकारी दिनु भएको छ । उहाँले स्याउ राम्रो उत्पादन नभएका कारण जम्मा किसानले पाँच करोडको स्याउ उत्पादन गर्न सफल भएको र किसानले उत्पादन गरेका सबै स्याउ भने बिक्री नभएको बताउनुभयो ।

स्याउ बिक्रीबाट एक किसानले १० लाख रुपियाँसम्म कमाइ गरेको जानकारी कार्यालयलाई आएको बताउँदै सडक यातायात नजोडिएको र हवाई मार्गबाट ढुवानी दर बढी भएका कारण जिल्लाबाहिरको बजारका लागि समस्या रहेको बताउनुभयो ।

जिल्लामा स्याउको मूल्य प्रतिकेजी ४० रुपियाँ तोकिएको भए पनि त्यो मूल्यमा भने बजारमा पाउने गरेको थिएन । स्याउ भएको समयमा बजारमा प्रतिदाना स्याउको मूल्य १० रुपियाँ पर्ने गरेको थियो । कृषि विकास कार्यालयले जिल्लाका सात वटै गाउँपालिकामा १० करोडभन्दा बढीको स्याउ उत्पादन भएको जनाएइको छ । यसमा ३० प्रतिशत मात्र स्याउ जिल्लाबाहिर बिक्री भएको पाइएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
बजेट खर्चः ६ महिनामा हुम्लामा १ अर्ब ३३ करोड ८३ लाख

बजेट खर्चः ६ महिनामा हुम्लामा १ अर्ब ३३ करोड ८३ लाख

आव २०८१/०८२ को ६ महिनामा हुम्ला जिल्लाका २१ संघीय र ७ गाउँपालिकामा चालु तथा पूँजीगत दुबै शिर्षकको बजेट १ अर्ब ३३ करोड ८३ लाख ८६ हजार ७७८ रुपैँया...