नेभिगेशन
मनोरञ्जन

कर्णालीमा अनन्ते पूर्णीमा मनाइयो (भिडियो)

सिमकोट । देविदेवताको शक्तिपिठमा धामी नाच र देउडा खेल खेल्दै हुम्ला लगायत कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा अनन्ते पूर्णीमा धुमधामका साथ मनाइएको छ । 

 भाद्र शुक्लपक्षको एकादशी तिथिको रातीबाट कर्णाली अञ्चलको पाँचवटै जिल्ला हुम्ला, मुगु, जुम्ला, कालीकोट, डोल्पा र सुदूरपश्चिम प्रदेशको बाजुरा दार्चुला लगायतका जिल्लाहरुका विभिन्न देवी देवताका माडु (मन्दीर)मा पुजाआजा र देउडा नाच नाचेर अनन्ते पूर्णीमा (माज पुर्णीमा) मनाइएको छ । 
 
चर्तुदशीको दिनबाट बिशेष देवताको पुजा आरधनाबाट सुरु गरिएको अनन्ते पुर्णिमा अधिकांश माडुहरुमा कूल देवताका धामी नाचको  नाच प्रर्दशन गर्ने काम भएको छ । 

जिल्लाको अदानचुली गाउँपालिकाको वडा नम्बर १ को महतारा गाउँ, २ को माझखाडा, ४ कोलौठी, ५ को काँखे खार्पुनाथको लाली र छिप्रा, सिमकोटको सिमकोट, ठेहे, स्याँडा, सर्केगाडको मैला, रामा, पादा, मुगु जिल्लाको शोरु गाउँपालिकाको भिई, धैन लगायतका क्षेत्रमा विषेश रुपमा यो पूर्णीमा मनाइएको हाम्रा स्थानीय समचारदाताहरुले पठाएको खबरमा उल्लेख गरिएको छ ।

अन्यत्र तिथि अनुसार मंगलबार नैं पूर्णीमा मनाउने काम भएपनि कर्णालीमा बुधबार मात्र पुर्णीमा मनाइएको छ । बुधबार बिहानै देखि देवताका माडुमा भत्तजनहरुको भिड लगोर पुजाआजसहित देउडा खेल र धामी नाच प्रदर्शन गरेर पूर्णीमा मनाउने काम भएको छ । 

हुम्लाको अदानचुली गाउँपालिकाको वडा नम्बर तल्लो कल्खेमा विषेश गरी मनाई माज पूर्णीमाको अवसरमा खुला देउडा खेलको आयोजना गरिएको स्थानीय दत्त महताराले जानकारी दिनुभयो । उनका अनुसार बिहानै देखि गाउँपालिकाका देउडा खेलाडी राजबहादुर दानी, धञ्जे परियार, राजबहादुर बुमी लागयतका देउडा खेलाडीहरुले दिनभर विभिन्न समुहमा देउडा खेल खेलेका हुन् । अदानचुली वडा नम्बर १ को आयोजनामा खेलको आयोजना गरिएको बताइएको छ ।

अदानचुलीको वडा नन्बर ४ अन्त्रगत पर्ने लौठी पाम्समा मध्यन्नबाट धामी नाच शुरु भएको छ  । सोही मेलाबाट जात्रो श्रीनगर आएर मौलामा धामी नाच प्रर्दशन गरिएको छ ।  

परम्परागत शैलिमा दमाहको बाजाको तालमा फरक देवताले फरक–फरक चालमा धाम नाच देखाउन गरेको पाइएको छ । सोही धामी नाच हेर्नका लागि बिभिन्न ठाउँबाट भत्तजनहरुको जात्रो समेत आउने गरेको जनाइएको छ । पुर्णिमा तिथिमा धाम नाच हेर्न नागरीकहरु न्या कपाडाका साथै बिभिन्न भेषमा देखिने गरेको पाइएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव सुरु

प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव सुरु

अदानचुलीको श्रीनगरमा शुक्रबारदेखि सुरु भएको महोत्सव शनिबार सम्पन्न हुने भएको छ । पहिलो दिउँसोबाट सुरु भएको महोत्सव शनिबार विहान आठ बजेबाट सञ्चालन हुने भएको जानकारी प्राप्त भएको छ...
आज हरितालिका तीज हुम्लामा पनि मनाइयो, शिवालय पुगेर महिलाले गरे पुजापाठ

आज हरितालिका तीज हुम्लामा पनि मनाइयो, शिवालय पुगेर महिलाले गरे पुजापाठ

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सोही अनुसार हुम्लाको सदरमुकाम सिमकोट सहित जिल्लाभरका...