नेभिगेशन
अर्थ

हुम्लीको दसैंका लागि खाद्यमा पहिलो पटक चामल मौज्दात

सिमकोट । ठूलो चार्ड दशैंमा सँधै खाद्यन्न अभाव हुने हिमाली जिल्ला हुम्लामा पहिलो पटक यो वर्ष चामल मौज्जात हुने भएको छ । 
हुम्लाका लागि सहुलियत चामल ढुवानी र वितरणको काम गर्दै आएको खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको सिमकोट शाखाको सिमकोट स्थित गोदाममा पहिलो पटक दसैंको समयमा खाद्यान्न (चामल) मौज्दात तुलनात्मक रुपमा पर्याप्त भएको हो । 

०८०र८१ को निर्धारित पैदल तथा हवाईमार्गको खाद्यान्न सबै ढुवानी हुनु र विगतका वर्षभन्दा यो वर्षा खाद्यान्न बिक्री कम भएकाले पनि दशैंको समयमा हुम्लामा खाद्यान्न मौज्दात राम्रो देखिएको हो।

नेपालीहरूको महान चाड बडादसैं र तिहारको समयमा खाद्यान्न समस्या नहुने गरी लिमिटेडको शाखामा खाद्यान्न मौज्दात राम्रो रहेको निमित्त कार्यालय प्रमुख नवीन आचार्यले जानकारी दिए । 

'शनिबारसम्म शाखाको गोदाममा सात हजार २५ क्विन्टल खाद्यान्न मौज्दात रहेको छ', आचार्यले रेडियो कर्णाली आवाजसँग भने 'यो वर्ष हाम्रो कार्यालय स्थापना भएदेखि पहिलो पटक दशैको बेला शाखाको गोदाममा खाद्यान्न मौज्दात राम्रो रहेको अवस्था छ । त्यसैले हामीले यहि असोज ६ गतेदेखि चाडपर्वका लागि भनेर आवश्यक परेजती छुटमा खाद्यान्न बिक्री गरिरहेका छौं।'

खाद्यान्न बिक्री गर्ने कार्य असोज १५ गतेसम्म हुनेछ। यो बिक्री भइरहेको खाद्यान्न सबै गत आर्थिक वर्षको हो। त्यसैगरी गोदाममा चार हजार १८ लिटर सूर्यमुखीको तेल पनि मौज्दात छ। सो तेल पनि छुटमा बिक्री भइरहेको छ।

त्यसैगरी, सर्केगार्ड गाउँपालिकाको डिपो कार्यालय सर्केगार्डमा २३२ दशमलव ७५ क्विन्टल र अदानचुली गाउँपालिकाको श्रीनगर डिपोमा २१ क्विन्टल खाद्यान्न मौज्दात रहेको छ। चालु आर्थिक वर्षको खाद्यान्न ढुवानीका लागि पनि टेण्डर भई सप्लायर्स छनोट भइसकेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
हुम्लामा जापानको सहयोगमा बालगृह निर्माण

हुम्लामा जापानको सहयोगमा बालगृह निर्माण

जापानी राजदूतावासका कार्यवाहक राजदूत तामुरा ताकाहिरोले ग्रामीण सशक्तीकरण तथा विकास प्रयास (रेडि हुम्ला)का प्रमुखलाई उक्त भवनको साँचो हस्तान्तरण गर्नुभयो । उक्त भवनको ३० जना बालबालिकालाई आश्रय दिने क्षमता...