नेभिगेशन
हातेमालो

रेडियो कार्यक्रम हातेमालो २८ अंक (Radio Program Hatemalo 28 Episode)

आफ्नो आम्दानीलाई वृद्धि गर्न जिल्लाको सिमकोट र नाम्खा गाउँपालिकाले स्थानीय तह सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा (घ) १ अनुसार पर्यटक शुल्क उठाउने गरेका छन् ।

साविकको जिल्ला विकास समितिको कार्यालय हुम्लाले उठाउँदै आएको यो शुल्क अहिले पनि निरन्तर नैं छ । जिल्लाको पर्यटन प्रवद्र्धन, पर्यटकहरुका लागि पूर्वाधार निर्माण र सूचना सञ्चार गर्ने भन्दै स्थानीय तहले सार्क राष्ट्रका नागरिकबाट प्रति व्यत्ति एक हजार एक सय र तेस्रो देशका नागरिकबाट एक हजार पाँच सयका दरले शुल्क उठाउँदै आएका छन् ।

यद्यपी, जिल्लामा आएका सबै पर्यटकहरुबाट उक्त शुल्क पुरा नउठेको र उठेको रकम पालिकाले पर्यटन क्षेत्रमा लगानी नगरेको गुनाशो भने कम भएको छैन् । यसको वास्तविक अवस्था कस्तो छ त ? यसै विषयमा रहेर रेडियो कार्यक्रम हातेमालो २८ औं अंकमाहामीले विविध विषयवस्तु प्रस्तुत गरेका छौं ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्