नेभिगेशन
खोजी रिपोर्ट

सिमकोटमा खानेपानी समस्याः १३ करोडको वृहत खानेपानी आयोजना चार वर्षदेखि अलपत्र

 भौगोलिक रुपमा नेपालकै दोस्रो ठूलो जिल्ला हुम्ला हो । यहाँको सदरमुकाम सिमकोट २९ सय मिटरमा अवस्थित छ । जिल्लाका सात वटा गाउँपालिका र ४४ वटै वडामा नागरिकको वसोवास हुने सिमकोटको जनसंख्या हरेक वर्ष बढ्दो क्रममै छ । झण्डै वर्षको ३ महिना हिउँले सेताम्य हुने सिमकोटमा खानेपानीको  समस्याले भने कहिल्यै छोडेन ।

परापूर्व कालदेखि मुग्राधारा, पुन्यारा र सिममा भएको मुहानको पानी प्रयोग गर्दै आएका सिमकोटवासीलाई पानीको अभाव टार्न २०४५ सालदेखि अहिलेसम्म विकल्पको रुपमा तिनवटा मुहान परिवर्तन गरियो । तर पानीको समस्या अँझै टरेको छैन् । अन्तिम विकल्पका रुपमा अघि सारिएको हेप्का खोलाको पानीको मुहानको विवादले आयोजना अहिलेसम्म सम्पन्न हुन सकेको छैन् । 

सिमकोटको खानेपानीको अवस्था कस्तो छ ? किन उच्च क्षेत्रमा भएर सिमकोटमा खानेपानी समस्या भैरहेको छ ? हेप्काको खानेपानीको विवाद कसरी भयो ? भन्ने बारेमा सहकर्मी शुरेस परियार र वेलुमाया महताराले तयार पारेको खोजि रिर्पोट हेर्नुहोस् ।  

यो रिर्पोट रेडियो कर्णाली आवाजले युरोपियन युनियन र सिडाको आर्थिक सहयोगमा इन्टर न्यूज अर्थ जर्नालिजम नेटवकसँगको सहकार्यमा उत्पादन तथा प्रसारण गरेको हो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खोजी रिपोर्ट
प्रशोधन केन्द्र नहुँदा कर्णालीमा उत्पादनको १६ प्रतिशत जडिवुटीमात्रै संकलन र निकासी हुदैंः सरोकारवाला निकायमा आ–आफ्नै र्तक (भिडियो रिर्पोट)

प्रशोधन केन्द्र नहुँदा कर्णालीमा उत्पादनको १६ प्रतिशत जडिवुटीमात्रै संकलन र निकासी हुदैंः सरोकारवाला निकायमा आ–आफ्नै र्तक (भिडियो रिर्पोट)

डिभिजन वन कार्यालय हुम्लाका अनुसार सूचिकृत गरिएका ४२ वटा प्रजातीका जडिवुटी वर्षेनी ३५ हजार १०२ क्विण्टल उत्पादन हुन्छ । कार्यालयको पञ्चवर्षिय कार्य योजना अनुसार ५ हजार ७ सय...
कर्णालीका महिलालाई प्राकृतिक स्रोतबाट बञ्चित गर्ने अस्त्र बन्दै ‘महिनावारी’ (भिडियो रिर्पोटसहित)

कर्णालीका महिलालाई प्राकृतिक स्रोतबाट बञ्चित गर्ने अस्त्र बन्दै ‘महिनावारी’ (भिडियो रिर्पोटसहित)

छुई भएका महिलालाई घरबाट पर सार्ने मात्र होइन, खानेपानीका धारा, मुहान, पशुवस्तु, बिउबिजन, मौरीको घारलाई समेत छुन नदिने गरिएको छ ।
आन्तरिक सडक सञ्जाल बिस्तार नहुँदा हुम्लामा खाद्यन्न संकट कायमै (भिडियो रिर्पोट)

आन्तरिक सडक सञ्जाल बिस्तार नहुँदा हुम्लामा खाद्यन्न संकट कायमै (भिडियो रिर्पोट)

एक गाउँ र अर्को गाउँबीचको सडक सजाल नजोडिएका कारण रैथाने उत्पादनले बजार नपाएपछि जिल्लाका कुनै क्षेत्रमा खाद्यन्न संकट छ भने कुनै क्षेत्रमा तीनचार वर्षको खाद्यन्न कुहेर रहेको छ...
दलितमाथि प्राकृतिक स्रोतमा बन्देज लगाउने अस्त्र बन्दै हुम्लाको जातीय विभेद

दलितमाथि प्राकृतिक स्रोतमा बन्देज लगाउने अस्त्र बन्दै हुम्लाको जातीय विभेद

भौगोलिक रुपमा नेपालकै दोस्रो ठूलो जिल्ला हुम्लाका गाउँवस्तीमा भएका जातीय छुवाछुतका घटना देशको प्रशासनीय संयन्त्रमा आइपुग्न निकै समय लाग्छ । यद्यपी आर्थिक वर्ष २०८०।८१ मा मात्रै ५ वटा...