नेभिगेशन
हातेमालो

रेडियो कार्यक्रम हातेमालो ३१ अंक (Radio Program Hatemalo 31 Episode)

भौगोलिक रुपमा नेपालकै दोस्रो ठूलो जिल्ला हुम्ला हो । यहाँको सदरमुकाम सिमकोट २९ सय मिटरमा अवस्थित छ । जिल्लाका सात वटा गाउँपालिका र ४४ वटै वडामा नागरिकको वसोवास हुने सिमकोटको जनसंख्या हरेक वर्ष बढ्दो क्रममै छ । झण्डै वर्षको ३ महिना हिउँले सेताम्य हुने सिमकोटमा खानेपानीको समस्याले भने कहिल्यै छोडेन ।

परापूर्व कालदेखि मुग्राधारा, पुन्यारा र सिममा भएको मुहानको पानी प्रयोग गर्दै आएका सिमकोटवासीलाई पानीको अभाव टार्न २०४५ सालदेखि अहिलेसम्म विकल्पको रुपमा तिनवटा मुहान परिवर्तन गरियो । तर पानीको समस्या अँझै टरेको छैन् ।

अन्तिम विकल्पका रुपमा अघि सारिएको हेप्का खोलाको पानीको मुहानको विवादले आयोजना अहिलेसम्म सम्पन्न हुन सकेको छैन् । यसै विषयको सेरोफेरोमा रहेर कार्यक्रम हातेमालोको ३१ औं अंक उत्पादन गरेका छौं । यो कार्यक्रम रेडियो कर्णाली आवाजले युरोपियन युनियन र सिडाको आर्थिक सहयोगमा इन्टर न्यूज अर्थ जर्नालिजम नेटवकसँगको सहकार्यमा उत्पादन तथा प्रसारण गरिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्