नेभिगेशन
हातेमालो

रेडियो कार्यक्रम हातेमालो ३२ अंक (Radio Program Hatemalo 32 Episode)

कार्यक्रम हातेमालोको ३१ औं अंकदेखि हामीले सिमकोट खानेपानीको विषयलाई उठान गरिरहेका छौं । अघिल्लो कार्यक्रममा हामीले जिल्ला सदरमुकाम सिमकोटमा बढ्दो खानेपानी समस्या, यसको अवस्था र संभावना अनि निर्माणधिन हेप्का खोलाबाट ल्याउन थालिएको बृहत खानेपानी आयोजनाका बारे बिस्तृत खोजि रिर्पोट, आयोजनाको पाइपलाइन आउने ओख्रेन सामुदायिक वन उपाभोक्ता समितिको राय लगायतका विषयलाई प्रस्तुत गरेका छौं ।

खासमा सिमकोट खानेपानीको अवस्था र यसको दिर्घकालिन समाधानका आरेमा के गर्न सकिन्छ ? २०३४ सालपछि बढ्दो सिमकोटको जनसंख्यालाई पुग्ने खानेपानीको उक्तम बिकल्प के हुनसक्छ ? परम्परागत रुपमा प्रयोग गरिदैं आएको मुग्राधारा, पुन्यारा र सिमकोट मुहान पछि व्यवस्थित रुपमा ल्याउन थालिएको हुमाने खोला र स्याल्तर खोलाको मुहान किन अप्रयाप्त भयो होला ? यि मुहानहरुको पानी किन सुक्दैं गैरहेको छ ? कालन्तरमा सिमकोटका लागि भनिएका सबै मुहान सुक्दै गए सिमकोटमा कताबाट व्यवस्थापन होला ? भन्ने विषयलाई आजको कार्यक्रममा चर्चा गर्ने प्रयास हामीले गरेका छौं ।

यो कार्यक्रम रेडियो कर्णाली आवाजले युरोपियन युनियन र सिडाको आर्थिक सहयोगमा इन्टर न्यूज, अर्थ जर्नालिजम नेटवर्कसँगको सहकार्यमा उत्पादन गरेर प्रसारण गरिरहेका छौं ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्