नेभिगेशन
खोजी रिपोर्ट

व्यवसायिक तरकारी खेतीमा रमाउँदै हुम्लाका महिला (भिडियो रिर्पोट)

सिमकोट । हिमाली जिल्ला हुम्ला ५ लाख ६५ हजार ५ सय हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

जसमध्ये ७४ हजार ७ सय ८३ दशमलव ४० हेक्टर वन क्षेत्र, १ लाख ४१ हजार ४ सय ४९ दशमलव ४० हेक्टर चरण क्षेत्र र २ लाख ९३ हजार ६ सय ८७ दशमलव ६६ हेक्टर अन्य क्षेत्रले ओगटेको छ ।  जिल्लाका ९० प्रतिशत भन्दा बढि नागरिकहरुको प्रमुख पेशा रहेको कृषि  ५ हजार २० हेक्टरमा मात्र सिमति छ । जसका कारण जिल्लाको रैथाने उत्पादनले वर्षभरी खान पुग्नेको संख्या निकै कम छ । परापुर्व कालदेखि जिल्लाको कृषि कर्ममा पुरुष भन्दा महिलाहरुको संलग्नता बढि नैं छ ।

हजो जोत्ने र अन्य केहि देखिने काममा पुरुषहरुको संलग्नता भएपनि कोदालो खन्ने, गोडमेल गर्ने, बाली टिप्ने देखि सबै काममा प्रायः महिलाहरुकै संलग्ता हुने प्रचलन अहिले पनि छ । आफूसहित घरका परिवार अधिकांश समय कृषि कर्ममै लाग्दा पनि आफ्नो उत्पादनले परिवारको छाक टार्न वर्षभरी नपुग्ने भएपछि जिल्लाको सदरमुकाम सिमकोट आसपासका महिला किसानहरु आफूले गर्ने कृषि कर्मलाई परिवर्तन गर्न थालेका छन्  । परम्परागत रुपमा उत्पादन गर्दै आएको कोदो, कागुनो, चिनो, फापर, उवा, धान, गहुँ, जौ आदीको खेतीका अलावा यहाँका महिलाहरु तरकारी खेतीलाई आफ्नो रोजाईको पेशाका रुपमा अँगाल्न थालेका हुन् ।  

Tarkari-kheti--1730640572.jpg
 

जिल्ला कृषि विकास कार्यालय हुम्लाका अनुसार आर्थिक वर्ष २०७६।०७७ मा जिल्ला भर ३ सय ७७ हेक्टरमा तारकारी खेति भएपनि २०८१ सम्म पुग्दा तरकारी खेती हुने जिल्लाको क्षेत्रफल ४१९ हेक्टर पुगेको छ । बढ्दो शहरिकरण र खानेबानीमा आएको परिवर्तनले जिल्लाका महिलाको कृषिकर्मलाई पनि प्रभावित पारेको छ ।  


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खोजी रिपोर्ट
प्रशोधन केन्द्र नहुँदा कर्णालीमा उत्पादनको १६ प्रतिशत जडिवुटीमात्रै संकलन र निकासी हुदैंः सरोकारवाला निकायमा आ–आफ्नै र्तक (भिडियो रिर्पोट)

प्रशोधन केन्द्र नहुँदा कर्णालीमा उत्पादनको १६ प्रतिशत जडिवुटीमात्रै संकलन र निकासी हुदैंः सरोकारवाला निकायमा आ–आफ्नै र्तक (भिडियो रिर्पोट)

डिभिजन वन कार्यालय हुम्लाका अनुसार सूचिकृत गरिएका ४२ वटा प्रजातीका जडिवुटी वर्षेनी ३५ हजार १०२ क्विण्टल उत्पादन हुन्छ । कार्यालयको पञ्चवर्षिय कार्य योजना अनुसार ५ हजार ७ सय...
कर्णालीका महिलालाई प्राकृतिक स्रोतबाट बञ्चित गर्ने अस्त्र बन्दै ‘महिनावारी’ (भिडियो रिर्पोटसहित)

कर्णालीका महिलालाई प्राकृतिक स्रोतबाट बञ्चित गर्ने अस्त्र बन्दै ‘महिनावारी’ (भिडियो रिर्पोटसहित)

छुई भएका महिलालाई घरबाट पर सार्ने मात्र होइन, खानेपानीका धारा, मुहान, पशुवस्तु, बिउबिजन, मौरीको घारलाई समेत छुन नदिने गरिएको छ ।
आन्तरिक सडक सञ्जाल बिस्तार नहुँदा हुम्लामा खाद्यन्न संकट कायमै (भिडियो रिर्पोट)

आन्तरिक सडक सञ्जाल बिस्तार नहुँदा हुम्लामा खाद्यन्न संकट कायमै (भिडियो रिर्पोट)

एक गाउँ र अर्को गाउँबीचको सडक सजाल नजोडिएका कारण रैथाने उत्पादनले बजार नपाएपछि जिल्लाका कुनै क्षेत्रमा खाद्यन्न संकट छ भने कुनै क्षेत्रमा तीनचार वर्षको खाद्यन्न कुहेर रहेको छ...
दलितमाथि प्राकृतिक स्रोतमा बन्देज लगाउने अस्त्र बन्दै हुम्लाको जातीय विभेद

दलितमाथि प्राकृतिक स्रोतमा बन्देज लगाउने अस्त्र बन्दै हुम्लाको जातीय विभेद

भौगोलिक रुपमा नेपालकै दोस्रो ठूलो जिल्ला हुम्लाका गाउँवस्तीमा भएका जातीय छुवाछुतका घटना देशको प्रशासनीय संयन्त्रमा आइपुग्न निकै समय लाग्छ । यद्यपी आर्थिक वर्ष २०८०।८१ मा मात्रै ५ वटा...