नेभिगेशन
राष्ट्रिय

नेपालमा संक्रमितको संख्या २ हजार ६ सय ३४ पुग्यो

काठमाडौँ । नेपालमा आज थप ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस मिटमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज थप ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिनुभएको थियो । भेटिएका नयाँ संक्रमित मध्ये ३१९ जना पुरुष हुनुहुन्छ भने १५ जना महिला हुनुहुन्छ । कोरोना संक्रमण नेपालको ६५ जिल्लामा फैलिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालय अनुसार हालसम्म कोरोनाबाट संक्रमित व्यक्तिहरु मध्ये उपचार पश्चात निको भएर घर फर्किनेको संख्या २९० पुगेको छ ।

त्यस्तै नेपालमा कोरोनाको संक्रमणबाट अहिलेसम्म मृत्यु भएको संख्या १० पुगेको छ ।

नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुने व्यक्तिहरुको संख्या २६३४ पुगेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।