नेभिगेशन
समाज

भीरबाट लडेर एक पुरुषको मृत्यु

सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका–८ राहदेव गाउँका एक जना पुरुषको भीरबाट लडेर मृत्युभएको छ । राहदेव गाउँ नजिकको भरिकाङ कमन्द वनको विच भीरमा लेडर अन्दाजी ४९ वर्षिय घण्टपाल रोकायाको मृत्युभएको हो । 

   सोमबार दिउँसो उक्त वनमा भेडा चराउन गएका रोकायाको दिउँसो एक बजेको समयमा भीरबाट लडेर मृत्यु भएको भाइ रेशमराज रोकायाले बताउनुभयो । मृतक रोकाया भेडाबाख्रा व्यवसायमा रमाउँदै आएका थिए । दुई छोरा, दुई छोरी र श्रीमती रहेको जानकारी प्राप्त भएको छ । मृतक रोकायाका जेठो छोरा घरबाहिर भएकाले भोली मात्रै हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिने भएको जानकारी प्राप्त भएको छ । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
पुर्व वडा अध्यक्ष लामाको निधन

पुर्व वडा अध्यक्ष लामाको निधन

पुर्व वडा अध्यक्ष लामाको काठमाडौँमा रहेको न्युरो अस्पतालमा उपचारका क्रममा जेठ १३ गते मुत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।
जेष्ठ नागरीक जिल्ला संघद्धारा मनोरञ्जनात्मक तथा पुस्ता हस्तान्तरण कार्यक्रम सुरु

जेष्ठ नागरीक जिल्ला संघद्धारा मनोरञ्जनात्मक तथा पुस्ता हस्तान्तरण कार्यक्रम सुरु

आजै भएको उक्त कार्यक्रममा उपस्थित जेष्ठ नागरीकलाई जिल्ला प्रशासन, स्वास्थ्य सेवा कार्यालय, आर्येवेद कार्यालयले उनीलाई आफुले दिने सेवा सुविधाका विषयमा जानकारी समेत गराएका थिए ।
सुरक्षीत आप्रवासन (सामी) सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

सुरक्षीत आप्रवासन (सामी) सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशको आयोजनामा एक दिने कार्यक्रम सम्पन्न भएको छ ।