नेभिगेशन
राष्ट्रिय

मुगुमा पनि देखियो कोरोना संक्रमित भेटिए

खड्क सुनार
मुगु । हिमाली जिल्ला मुगुमा पनि कोरोना भाईरस कोभिड १९ को संक्रमण भेटिएको छ । जिल्लाको परिश्च क्षेत्रमा पर्ने खत्याड गाँउपालिका ५ हलेखाडामा रहेको क्वारेन्टाइनमा रहेका एक २७ वर्षीय युवकमा कारोना भाइरसको संक्रमण पोजिटिभ देखिएको हो । छिमेकि जिल्ला भारत बाट स्वदेश फर्केका ति व्यक्तिमा कोरोना भाईरस संक्रमण भएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ ।

भारतबाट आएका खत्याडबासीलाई खत्याड गाँउपालिकाले सोही गाँउपालिकाको हलेखाडा, छोट र झुगलामा क्वारेन्टाइन स्थापन गरिरहेको छ । कोरोना संक्रमित युवासहित अन्य ४७ जना भारतबाट आएका थिए । ४८ जानलाई हलेखाडा क्वारेन्टाइनमा राखिएको थियो ।

भारतबाट आएका ४८ जनाको स्वाव संकलन गरी परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला पठाइएको थियो । ति ४८ जनाको स्वाव परीक्षण गर्दा एक जनामा पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख डा. निर्मल नगरकोटीले जानकारी दिए ।

कोरोना संक्रमित युवालाई बिहीबारै रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आइसोलेसन वार्डमा राखिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनको स्वास्थ्य उपचारमा खटिएका चिकित्सकले बताएका छन् । जिल्लामा रहेका चारवटा स्थानीय तहमध्ये सबैभन्दा बढी भारतबाट गृह जिल्ला भित्रिने सोही गाउँपालिकाका रहेको छ ।

गाउपालिकामा भारत बाट नागरिकहरु भित्रिन थालेपछि यहाका सरोकारवालाले यो गाउँपालिका कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको बताएका छन् ।

संक्रमित रहेको क्वारेन्टाइनमा रहेका अन्य ४७ जनाको १ हप्तापछि आरडीटी परीक्षण गरेर मात्र घर पठाउने गरेको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए । यता जुम्लामा पीसीआर परीक्षणका लागि लोड बढी भएकाले एक हप्तासम्म भिटिएम नपठाउनु भनेकाले भारतबाट आएका तथा अन्यको एक हप्तासम्म स्वाब संकलन नगरिने पनि डाक्टर नगरकोटिले बताए ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।