नेभिगेशन
राजनीति

सर्केगाड उपनिर्वाचन सम्पन्न गर्न ७३ कर्मचारी खटाइयो

सिमकोट । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि हुम्ला निर्वाचन कार्यालयले ७३ जना कर्मचारी खटाएको छ।

हुम्लामा सर्केगाड गाउँपालिका उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ। मुख्य निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले उपनिर्वाचनका लागि १२ वटा मतदानस्थलमा १३ मतदान केन्द्र रहेको जानकारी दिए।

बरालका अनुसार ती मतदान केन्द्रका लागि १३ जना मतदान अधिकृत, १३ जना सहायक मतदान अधिकृत, प्रत्येक मतदान केन्द्रमा दुई–दुई जना सहायक कर्मचारी र एक–एक कार्यालय सहयोगी खटिएका छन्। त्यसैगरी मतदान केन्द्रमा स्वयंसेवक पनि रहने छन्।

मतदान केन्द्रमा खटिएका कर्मचारीहरुलाई मंगलबार तालिम दिइनेछ। साथै कुन कर्मचारीलाई कहाँ खटाउने भन्ने पनि टंगो लगाइने उनले बताए।

re-elwction-sarkeghard-1-1732628543.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नेपाल पत्रकार महासंघको नेतृत्वमा पहिलो पटक महिला (सूचीसहित)

नेपाल पत्रकार महासंघको नेतृत्वमा पहिलो पटक महिला (सूचीसहित)

शुक्रबार सम्पन्न निर्वाचतको अन्तिम मतपरिणाम घोषणा भएको छ। आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार अध्यक्षमा निर्मला शर्मा ४ हजार २८२ मतसहित विजयी भएपछि महासंघको नेतृत्वमा महिला निर्वाचित भएकी छन् ।