सिमकोट । मुलुकी ऐन २०२० ले जातीय विभेद अन्त्यको व्यवस्था गरेको थियो ।
यो बीचमा जातिय विभेद विरुद्धका धेरै कानून बने । संविधान र देशका अन्य थुप्रै कानूनहरुले जातिय विभेद र छुवाछुतलाई अपराधका रुपमा ब्याख्या गरेको पनि लामै समय भयो । तर हिमाली जिल्ला हुम्लाका गाउँवस्तीहरुमा जातीय छुवाछुत अहिलेपनि कायमै छ । यतिमात्रै होइन पछिल्लो समय जातीय विभेदले दलितलाई प्राकृतिक स्रोत र साधनमाथिको प्रतिबन्ध लगाउने भूमिका समेत खेल्दै गएको छ ।
भौगोलिक रुपमा नेपालकै दोस्रो ठूलो जिल्ला हुम्लाका गाउँवस्तीमा भएका जातीय छुवाछुतका घटना देशको प्रशासनीय संयन्त्रमा आइपुग्न निकै समय लाग्छ । यद्यपी आर्थिक वर्ष २०८०।८१ मा मात्रै ५ वटा जातीय छुवाछुत र विभेदसँग सम्बन्धित घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता हुनुले पनि यो अवस्था कायमै छ भन्नलाई गाह्रो छैन् ।
राष्ट्रिय दलित आयोगको प्रतिवेदन २०८० ले जातीय छुवाछुत र भेदभाव सम्बन्धि २०७७ सालमा दर्ता भएका ३६ घटना २०८० सम्म आइपुग्दा बढेर ५८ पुग्नुले पनि कागजमा सिमित कानूनी व्यवस्था व्यहारमा लागु भएको छैन् भन्ने प्रमाणीत गरेको छ । छोइछिटो र घर प्रवेशमा रोक लगाइने दलित माथिको विभेद अहिले स्रोत साधनमाथिको पहुँच र प्रयोगमा समेत देखिन थालेको छ । यस सम्बन्धि थप विवरण सहकर्मी सुरेश परियारले तयार पारेको खोजि रिर्पोटबाट
डिभिजन वन कार्यालय हुम्लाका अनुसार सूचिकृत गरिएका ४२ वटा प्रजातीका जडिवुटी वर्षेनी ३५ हजार १०२ क्विण्टल उत्पादन हुन्छ । कार्यालयको पञ्चवर्षिय कार्य योजना अनुसार ५ हजार ७ सय...बुधबार, पुस २४, २०८१
एक गाउँ र अर्को गाउँबीचको सडक सजाल नजोडिएका कारण रैथाने उत्पादनले बजार नपाएपछि जिल्लाका कुनै क्षेत्रमा खाद्यन्न संकट छ भने कुनै क्षेत्रमा तीनचार वर्षको खाद्यन्न कुहेर रहेको छ...आइतबार, मंसिर ३०, २०८१
आफूसहित घरका परिवार अधिकांश समय कृषि कर्ममै लाग्दा पनि आफ्नो उत्पादनले परिवारको छाक टार्न वर्षभरी नपुग्ने भएपछि जिल्लाको सदरमुकाम सिमकोट आसपासका महिला किसानहरु आफूले गर्ने कृषि कर्मलाई परिवर्तन...आइतबार, कात्तिक १८, २०८१
SoftNEP Add Ons
This feature is an add-on feature and can be implemented for additional fees.