नेभिगेशन
समाज

सिंहको घरमा आगलागी लाखौको क्षति

सिमकोट । हुम्लाको सिमकोट–८ यांगु गाउँमा आइतबार आगलागी  भएको छ । आइतबार दिउँसो हुम्ला सहित सिमकोटका उच्च भेगमा चलेको हावाले विभिन्न क्षेत्रमा क्षति गरेको छ । साथै वडा– ८ यांगु गाउँका धनराशी सिंहको घरको माथिल्लो तलामा समेत क्षति पुर्याएको छ । आगलागीबाट घरको माथिल्लो तल्ला सहित केही तल्लो तलाको केही भाग जलेर नष्ट भएको छ । आगलागीबाट मानवीय कुनै क्षति नभए पनि धनजनको क्षति भएको छ । घरमा रहेका अनाज, लत्ताकपडा लगायतमा क्षति पुर्याएको छ । दिउँसोको समयमा घरमा कोही नभएपनि धनमालको क्षति भएको पिडीत सिंहले बताउनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
एकीकृत समाजवादीको दशौं जिल्ला अधिवेशनका लागि मिति र लोगो सार्वजनिक

एकीकृत समाजवादीको दशौं जिल्ला अधिवेशनका लागि मिति र लोगो सार्वजनिक

दशौँ जिल्ला अधिवेशनका लागि समाजवादी पार्टीद्धारा पत्रकार सम्मेलन, लोगोमा कस्तुरी