नेभिगेशन
राष्ट्रिय

एक लाख ५० हजार थान दु्रत परिक्षण किट खरिद गर्ने सरकारको निर्णय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप एक लाख ५० हजार थान द्रुत परिक्षण किट आरडीटी खरिद गर्ने निर्णय गरेको छ ।

मन्त्रालय अन्तरगर्तको कोभिड–१९ इन्सिडेन्ट कमाण्ड सिस्टमको हिजो बसेको बैठकले कोभिड–१९ को परीक्षण थप बढाउनुपर्ने भन्दै थप एक लाख ५० हजार थान द्रुत परिक्षण किट खरिद गर्न स्वास्थ्य सेवा विभागलाई निर्देशन दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

विभागले यसैसाता एक लाख २१ थान आरडीटी किट खरीद गरी सातवटै प्रदेशमा पठाएको छ । त्यो भन्दा अघि पनि मन्त्रालयले अर्को एक लाख २५ हजार थान आरडिटी किट खरिद गरेको थियो । त्यसअघि ओम्नी कम्पनीले ७५ हजार थान किट किनेर ल्याएको थियो ।

जनस्वास्थ्य वैज्ञानिकहरुले संक्रमण भएको छ या छैन भन्नलाई द्रुत परिक्षण विधिको परीक्षणले थाहा नपाउने भएकाले प्रयोग नगर्न सुझाव दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

यो वर्षको हिउँदमा पनि बढी वर्षा हुने, विगत भन्दा जाडो कम हुने पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष हिउँदयाममा विगतको भन्दा जाडो कम न्यानो बढि हुने भएको छ । वर्षायाम जस्तै हिउँदमा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने...
बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

बडादसैं सुरुः आज घटस्थापना, घरघरमा जमरा राखिदै

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी वार्ड भरिएपछि मङ्गलवार वैकल्पिक रूपमा बेडको...
तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

तपाईको आजको राशिफल (२०८१ साउन ३० गते बुधबार)

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ ।