नेभिगेशन
नाम्खा

बसाइ सराईले रित्तियो हिमालपारीको जाङ गाउँ 

सिमकोट । हिमालपारीको नामले चिनिने हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको जाङ गाउँमा बसाइँसराइको असरले गाउँ रित्तिएको छ । 

एक वर्ष अघि चार घरधुरीको बसोबास रहँदै आएको जाङ गाउँ यो वर्ष खाली भएर शून्य रहेको छ । जाङ गाउँका स्थानीयले सुविधाको खोजीमा काठमाण्डौ, सुर्खेत, नेपालगञ्ज लगायतका शहरमा बसाइँसराइ गरेर जान थालेपछि गाउँ रित्तिँदै गएको हो ।

यो वर्ष गाउँमा कोही पनि नभएको तील गाउँका वडा सदस्य तुन्डुप लामाले बताउनुभयो । कोरोनामा बन्द रहेको चीनसँगको हिल्सा नाका खुलेपछि कोही रोजगारीका लागि चीन पुगेका छन् । भने बढी जसो जाङ गाउँका स्थानीय सिमकोट सहित जिल्ला बाहिर रहेका सुविधा सम्पन्न शहरमा बसाइँसराइ गरेको वडा सदस्य लामाले बताउनुभयो ।

विगत तीन, चार वर्ष यतादेखि गाउँ छोड्ने क्रम वर्षेनी बढिरहेको अवस्थामा यसपटक गाउँ नै खाली गरेर स्थानीय शहर केन्द्रित भएका हुन् । गाउँलेलाई गाउँमै रोक्ने उपायको खोजी गर्न गाउँपालिकाले आवश्यक पहल लिनु पर्ने बताइएको छ ।

दुई वर्ष यतादेखि गाउँपालिकाले यहाँका नागरीक विरामी हुँदा उपचारका लागि हिउँदयाम सहित बाह्रै महिना लिमी स्वास्थ्यचौकीमा खटाएपनि जाङ गाउँका स्थानीयले गाउँ छोडेर शून्य बनाएको बताइएको छ । जाङ गाउँको भृकुटी आधारभूत विद्यालय विद्यार्थी नभएका कारण बन्द रहेको छ ।

गाउँ छोडेर बसाइँसराइ गरेर जाने समस्या जाङ गाउँको मात्रै नभएर तील र हल्जीमा पनि यो समस्या विस्तारै देखिँदै आएको हल्जी गाउँका स्थानीय छिरिङ तुण्डुप लामाले बताउनुभयो । यो वर्ष तील गाउँमा १५ घरधुरीको मात्रै बसोबास रहेको स्थानीय लामाको भनाई छ । हल्जी गाउँमा भने सबै यतै रहेको उहाँको भनाई थियो । हल्जी युवा रोजगारीका लागि गाउँ छोडेपनि वर्षायाममा घर फिर्ता हुने गरेको बताइएको छ ।

सुविधाका लागि यातायात, विद्युत, गुणस्तरी शिक्षालगायतका पहुँच नहुँदा लिमीका केही गाउँ विस्तारै रित्तिदैँ आउन थालेका छन् । गाउँ छाड्नु आफूहरुको रहर नभइ बाध्यता भएको स्थानीयले बताउने गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नाम्खा
हिमालपारीको लिमीमा खेतीयोग्य जमिन बाँझिदैं 

हिमालपारीको लिमीमा खेतीयोग्य जमिन बाँझिदैं 

कृषि पेशा भन्दा अन्य पेशाबाट बढी आम्दानी हुने भएपछि नयाँ पुस्ताले परम्परागत पेशा बदलेर नयाँ पेशामा संलग्न हुन लागेपछि खेतीयोग्य जमिना बाँझो हुने क्रम वार्षेनी बढ्दै गएको लिमीको...